नारायणगढ राउण्ड टेबलले गर्यो खुला रक्तदान ।


रगतको माग बढ्दै गएको सन्दर्भमा नारायणगढ राउण्ड टेबल १४ ले खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । राउन्ड टेबल अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार खुला रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।                                                                                                                                                                                       भरतपुरका विभिन्न दुई ठाउँमा आयोजना गरिएको रक्तदान कार्यक्रममा एक सय २८ जनाले रक्तदान गरेका नारायणगढ राउण्ड टेबल १४ का महासचिव नितेश महेश्वरीले जानकारी दिए । भरतपुरको प्रेसिडेन्सी कलेज र मनकामना अस्पतलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २७ महिला सहित एक सय २८ जनाले रक्तदान गरेका महेश्वरीले बताए । प्रेसिडेन्सी कलेजमा भएको कार्यक्रमको अध्यक्षता नारायणगढ राउण्ड टेबल १४ का अध्यक्ष पंकज अग्रवालले गरेका थिए भने कार्यक्रममा कलेजका प्रिन्सिपल शम्भु क्षेत्री प्रमुख अतिथि तथा राजकुमार गुप्ता अतिथि रहेका थिए ।

त्यस्तै, मनकमाना अस्पतालमा आयोजना गरिएको कार्यक्रमको अध्यक्षता नारायणगढ राउण्ड टेबल १४ का उपाध्यक्ष विकास वर्माले गरेका थिए भने अस्पतालका सञ्चालक अरुण मास्के प्रमुख अतिथि रहेका थिए । मनिस पोदारले सञ्चालन गरेको कार्यक्रमको संयोजक डाक्टर सन्दिप गर्ग हुन् ।