बिप्लव नेतृत्वको नेकपाको नेपाल बन्दको पूर्ण प्रभाव चितवनमा

सवारी आवागमन ठप्प ।


चितवन, ३० फागुन । बिप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बिहीबार नेपाल बन्दको प्रभाव पूर्ण रुपमा चितवनमा समेत परेको छ । चितवनबाट बाहिरिने लामो तथा छोटो दुरीका कुनै पनि सवारीसाधन चल्न सकेका छैनन् भने, छोटो दुरीका दुई पांँग्रे सवारीसाधन र अत्ति अत्यावश्यक सवारी भने सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख सुशील सिंह राठौंरले जानकारी दिनुभयो ।

साथै, उहाँले मंगलबार राती अज्ञात समूहले भरतपुर महानगरपालिका वर्डा नम्बर ०५ को वर्डा कार्यालयमा गराएको सिलिण्डर बम विस्फोटले सुरक्षामा झनै चुनौती थपिएको बताउँदै चितवनमा उच्च सुरक्षा सतर्कता अपनाएको बताउनुभयो । कुनै पनि अप्रीय घट्ना नहोस् भन्ने उद्देश्यले चितवन प्रहरीले जिल्लामा सुरक्षा व्यवस्था निक्कै कडा पारिएको उहाँ बताउनुहुन्छ ।