बलात्कार मुद्धाका फरार प्रतिवादी राप्तीका ७४ वर्षीय वृद्ध पक्राउ

चितवन/चितवन प्रहरीले जबरजस्ती करणी ९बलात्कार० मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बलात्कार मुद्धामा दोषि ठहर भई नौ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएपछि फरार रहँदै आएका राप्ती नगरपालिका–७ बस्ने ७४ वर्षीय चेतनाथ डल्लाकोटीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

चितवन जिल्ला अदालतको २०७६ माघ ९ गते र उच्च अदालत पाटन हेटौंडा इजलासको २०७७ चैत १२ गतेको फैसलाले डल्लाकोटीलाई दोषी ठहर गरेको थियो । इलाका प्रहरी कार्यालय भण्डाराको टोलीले निजलाई पक्राउ गरी कैद तथा क्षतिपूर्ती भुक्तानको लागि जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।