सदस्यता सूद्धिणीकरण नगरे क्रान्तिकारी आन्दोलनमा जाने

चितवन । नेपाल पत्रकार महासंघले चितवनमा सदस्यता सूद्धिणीकरण कार्य नगरे क्रान्तिकारी पत्रकार महासंघ चितवनले आन्दोलन गर्ने जनाएको छ । क्रान्तिकारी पत्रकार महासंघ चितवनले महासंघकोे सदस्यता सूद्धिणीकरणको  माग गर्दै चरणबद्ध आन्दोलन गर्ने निणर्य पनि गरेकोे छ ।
नेकपा (क्रान्तिकारी) माओवादी  निकट क्रान्तिकारी  पत्रकार  महासंघ जिल्ला शाखा चितवनकोे शनिबार नारायणगढमा सम्पन्न विशेष  भेला तथा  प्रशिक्षण  कार्यक्रमले सो  निर्णय गरेको हो ।
पत्रकार महासंघ चितवनले जिल्लामा कृयाशिल पत्रकारहरुलाई  सदस्यता नदिएको ,गैर  पत्रकारलाई सदस्यता दिएको, पत्रकारिता पेशा  छोडेर  विदेश पलायन भइसकेकाको सदस्यता खारेज  नगरेको  र विगत  लामो समयदेखी  पत्रकारितामा  निष्कृय ब्यक्तिहरुलाई  सदस्यता नविकरण गरेकोे कारण क्रान्तिकारी पत्रकार महासंघ  आन्दोलनमा जाने तयारीमा पुगेको हो । क्रान्तिकारी पत्रकार महासंघले चितवन पत्रकार महासंघलाई  सदस्यता  सुुद्धिणीकरण  गर्न यस अघि नै  ज्ञापन पत्र बुझाएपनि त्यसको  कुनेै  सुनुुवाइ नभए पछि भेलाले आन्दोलनमा जाने निर्णय  गरेको हो  ।
भेलाले पत्रकारिता पेशामा सकृृय तर पत्रकार महासंघले सदस्यता नदिएका पत्रकारहरुलाई समेत आन्दोेलमा सहभागी हुुन आग्रह गरेकोे छ । क्रान्तिकारी पत्रकार महासंघ  चितवनका अध्यक्ष सुर्य  बरालकोे  अध्यक्षतामा सम्पन्न  उक्त भेलामा केन्द्र्रिय  सचिव रामकुमार श्रेष्ठ, केन्द्रिय सदस्य शंंकर प्रसाद सुबेदी, नेकपा ( क्रान्तिकारी माओवादी ) का केन्द्रिय सल्लहाकार भुमिश्वर कँडेल, महासंघका जिल्ला सचिव सरोज उपरकोटी ,कोषाध्यक्ष  प्रेम कँडेल लगायतले मन्तब्य  राखेका थिए ।