शून्य चोरी शिकारको एक हजार दिन

नवलपरासीको गैँडाकोट मकैबारीमा मृत अवस्थामा भेटिएको गैँडा । यसबीच यी हजार दिनमा तस्करहरूले चोरीका लागि गैँडा मारेका छैनन् । फाइल फोटो ।

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा शून्य चोरी शिकारी भएको एक हजार दिन पुगीसकेको छ ।

निकुञ्जमा चोरी शिकारीबाट एक सिंगे गैंडालगायतका दुर्लभ वन्यजन्तु नमारिएको शुक्रबार एक हजार दिन पुगेको हो । सौराहाको ड्याम साईडमा राखिएको शून्य चोरी शिकारी वर्षको एक हजार दिन लेखिएको बोर्डको शुक्रबार वन मन्त्री शंकर भण्डारीले अनावरण समेत गरेका छन् । उनले लगातार शून्य चोरी शिकारी वर्ष मनाउन पाउनु सबैका लागि गौरवको विषय रहेको बताए ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले शून्य चोरी शिकार वर्ष एक हजार दिन पुग्नु महत्वपूर्ण उपलब्धरी रहेको बताए ।