बेनीको न्यु वेष्ट प्वाइन्ट आवासिय मावि च्याम्पिएन

म्याग्दी । बेनीमा सञ्चालित तेस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर मावि स्तरीय छात्ररछात्रा खेलकुद प्रतियोगितामा बेनीको न्यु वेष्ट प्वाइन्ट आवासिय मावि च्याम्पिएन बनेको छ ।

यो बर्ष संगै लगातार तिन पटक सम्म जिल्लामा आयोजना भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको च्याम्पिएन बन्न सफल वेष्ट प्वाइन्टले रनिङ शिल्डलाई पच गराउन सफल भएको छ । माघ १८ गतेदेखि बेनीमा सञ्चालन भएको प्रतियोगिता अन्र्तगत एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, टेकबान्डो लगायतका प्रतिस्पर्धाबाट कुल २६० अंक सहित वेष्ट प्वाइन्ट बिजयी हुन सफल भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगितामा १२६ अंक सहित माउण्ट एभरेष्ट आवासिय मावि द्धितिय र ११० अंक सहित महेन्द्ररत्न मावि बरंजा तितृय हुन सफल भएका छन् । प्रतियोगितामा प्रथम हुन सफल वेष्ट प्वाइन्टलाई नगद रु ८० हजार रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ भने द्धितिय र तितृय हुन सफल विद्यालयहरुलाई क्रमश नगद रु ४५ हजार र ३० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो ।

त्यसैगरि प्रतियोगिता अन्र्तगत एथलेटिक्स तर्फ ४ स्वर्ण जित्न सफल वेष्ट प्वाइन्टकी दिपा कार्की, भलिबलमा महेन्द्र रत्न माविका दुर्गाबहादुर थापा, कबड्डीमा प्रभा मावि नारच्याङका भविन पुर्जा उत्कृष्ट खेलाडिहरुको रुपमा सम्मानीत भएका छन् ।

जिल्ला स्तरको प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई छनौट गरि क्षेत्रीय र राष्ट्रिय स्तरको खेलमा सहभागि गराइने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । मंगलबारदेखि सुरु भएको प्रतियोगितामा ४२ वटा विद्यालयले सहभागिता जनाएका थिए ।