चितवनको सौंराहामा आजबाट हात्ती महोत्सव आजबाट शुरु:नेकपा अध्यक्ष प्रचण्डले उद्घाटन गर्दै

चितवन/मुलुकको तेश्रो पर्यटकीय गन्तब्य चितवनको सौराहामा आज ९बिहीवार०बाट १६ औं हात्ती महोत्सवकोे शुरु भएको छ । नेपाल भ्रमण बर्षलाई लक्ष्यित गरि आयोजना गर्न लागिएको महोत्सवको नेकपाका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले केहीबेरमा उद्घाटन गर्दैछन् ।

अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्न सौराहामा हुने हात्ती महोत्सव यस पटक ९ दिन सम्म हुने हुने आयोजक संस्था क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए । ९ दिन सम्म चल्ने महोत्सवले भ्रमण बर्ष २०२० लाई पनि स्वागत गर्ने भट्टराईले बताए । महोत्सवको मुख्य आकर्षणमा हात्तीको वनभोजसँगै हात्तीको छावाहरुको फुटबल, हात्तीपोलो, हात्ती फास्टवाक, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पेन्टिङ तथा हात्तीका गतिविधिसँग सम्बन्धित विभिन्न खेल हुनेछन् ।
हात्ती फास्ट वाकमा ३० वटा हात्तीहरु सहभागी हुनेछन् ।

यस्तै हात्ती पोलोमा ४ टोली तथा हात्तीको छावाहरुको फुटबल प्रतियोगितामा पनि समान ४ टोली नै सहभागी हुनेछन् । हात्ती सुन्दरी प्रतियोगितामा भने ५ टोली सहभागी हुने बताईएको छ । सौराहाको बाघमारा चौरमा हुने महोत्सवमा ५० कक्ष रहनेछन् ।