अबैध धन्दालाई प्रशय नदेऊ ।

जिल्लामा लामो समयदेखि अबैध मिटरब्याज,ढुकुटी लगाएतका आर्थिक अपराधका क्रियाकलापहरु मौलाईरहेको छ । तस्करी अबैध असुली र गलत क्रियाकलाप पनि कहिले खुलम खुल्ला त कहिले शुुसुप्त रुपमा मौलाईरहेको छ । अबैध धन्दा गर्नेहरु बिभिन्न भेष र रुपमा समाजमा ठालु बन्ने चेष्टा पनि गरिरहेका छन् । उनीहरुले प्रहरी, प्रशासन लगाएतका शक्तिकेन्द्रहरुलाई रिझाउन बिबिध अस्त्र र तरिकाहरु अपनाई उनीहरुलाई नै प्रयोग गरी आफ्नो अबैध धन्दाको अघोषित पार्टनर बनाउने धृष्टता पनि गरिरहेका छन् । जिल्लामा एक बर्षको लागी आउनेहरुले पनि देखावटी रुपमा जे जे कुरा गरेपनि भित्री साँठगाँठ र हिमचिम त्यस्तै मानिसहरुसँग रहेको प्रष्टै देखिन्छ । त्यो उनीहरुको गोप्य भेटघाट र उठबसबाटै प्रस्टिन्छ । जिल्लामा मिटरब्याजीको, अबैध ढुकुटीको, बुग्गी खेलाउने, जुवातास खेलाउने, तस्करी गर्ने देखि बिभिन्न गलत क्रियाकलापमा प्रत्यक्ष अप्रत्यक्ष लागेकाहरुसँगका ब्यक्तिहरुले प्रयोग गरिरहेको थाहा पाउदापाउदै प्रयोग हुनु पदीय रुपमा पतनउन्मुख र भ्रष्ट आचारण हो । यस्तो कार्यमा लाग्नेहरुको कार्यसम्पादन सहि र न्यायोचित हुनेमा आशंका छ नै थप खतरा पदीय दुरुपयोग गर्ने यस्ता ब्यक्तिहरुकै कारण प्रशासन, कर्मचारीतन्त्र र सरकार थप बदनाम भईरहने भएके छ । केहीदिन यता चितवन प्रहरी कार्यालयमा दशै आएसरी मिटरब्याजी र अबैध ढुकुटीवालाहरुको काम तिब्र गतिमा काम भईरहेको स्वंय जुनियर प्रहरीहरु नै बताउछन् । जिल्लामा रहेका मालपोत कार्यालय, नापी कार्यालय र स्थानिय तहमा यस्तै ब्यक्ति र बिचौलियासँगको मिलेमतोमा दशैं खर्चको जोहो भईरहेको आम गुनासो आईरहेको छ । जिल्लामा रहेका स्थानिय निकायहरु,प्रहरी कार्यालयहरु, प्रशासनिक निकाय र बिकासे कार्यालयहरुमा अबैध धन्दा गर्ने, अनियमितता गर्ने र भ्रष्टचार गर्नेहरुको हर्कतले गर्दा सेवाग्रही आम सर्बसाधरणको गुनासो बढदै जानु राज्यसञ्चालकहरुकै बदनामी हो । त्यसैले यस्ता अबैध गतिबिधी र कारोबार गर्नेहरुलाई, ति निकायमा कार्यरत रहि पदको दुरुपयोग गर्ने भ्रष्टहरुलाई अख्तियार, सम्पति शुद्धिकरण र राष्ट्र्यि सर्तकता केन्द्र लगाएतका निकायहरुले निगरानी बढाई आवश्यक कार्बाही गर्नुपर्ने देखिन्छ । अत् ः अबैध धन्दाहरुलाई प्रशय दिनेहरुलाई कार्बाही गरी अबैध क्रियाकलापलाई निरुत्साहित गर्न हामी जनताको तर्फबाट खबरदारी गर्दछौं ।