चितवन-नवलपुरमा सेटिङ्गमै ठुला जुवाखाल सञ्चालनमा

प्रहरी सेटिङ्गमै हो : जुवाडे, जुवाडेहरुलाई लखेटिरहेका छौ, भेटे पक्रिन्छौं :प्रहरी

चितवन । चितवन र नवलपुरका बिभिन्न स्थानमा ठुला जुवाखाल सञ्चालनमा रहेको पाईएको छ । लामो समयदेखि एकै स्थानमा निर्बाद जुवा खेलाउन नपाएपछी जुवाडेहरुले जुवा खेल्ने शैली नै परिर्वतन गर्दै नियमित तर दैनिक स्थान परिर्वतन गर्दै जुवा खेलीरहेको खुल्नमा आएको हो ।
केही समय पहिलासम्म नवलपुरको डण्डा, आरुङ्गखोला, कावासोती लगाएतका क्षेत्रमा खाल सञ्चालन गरेका जुवाडेहरु नवलपुरका नयाँ एसपीले लाईन नदिएपछी भौतारिदै, भाग्दै र लुक्दै चितवनको बिभिन्न स्थानमा जुवा खेलाउदै आएका पेशेवर जुवाडेहरुको समूहले केही हप्तादेखि चितवन र गैडाकोटको बिभिन्न क्षेत्रमा जुवा खेलाईरहेको खुल्नमा आएको छ ।
भण्डाफोर अभियानलाई प्राप्त एक गोप्य श्रोतले दिएको खबर अनुसार अहिले दैनिक स्थान बदल्दै जुवाडेहरु चितवनको खोलेसिमल, न्युरेनी, पाख्रिनडाँडा, जुटपानी, पदमपुर, चैनपुर, खैरहनी, बिरेन्द्रनगर माथीको डीवन गाँउ, भण्डाराको चौकी डाँडा नजिकको एक घर, पिप्ले ड्रईभरटोल नजिकको एक घर, रत्ननगर नगरपालिका ९ स्थित सिसै गाउँको एक घर, टाँडीको एक होटल, टिकौलीको एक रेष्टुरेण्ट, बिसहजारी ताल जाने बाटोको एक कटेज तथा घर, भरतपुर बसेनी नजिकको एक घर, क्षेत्रपुरको कम्पाउण्डवाला घरको दोश्रो फ्ल्याट, नारायणगढ बजार क्षेत्रका दुई घर, मंगलपुर र चनौली लगाएतका क्ष्ोत्र मात्र होईन नवलपुरको गैडाकोटका केलादी लगाएतका बिभिन्न स्थान र देवघाटको देवपुरमा रोटेशनमा जुवा खेलाईरहेको श्रोतको दाबी छ ।
श्रोतका अनुसार जुवाखाल सञ्चालकहरुले खेल खेल्न जाने प्रत्यक खेलाडीलाई नियम मान्नुपर्ने भन्दै जम्मा हुने स्थानबाटैं मोबाईल बुझाउनुपनर्,े खेल अबधीभरि सञ्चालक बाहेक अरु कसैलाई फोनमा बाहिर कोही कसैसँग कुरा गर्न नदिने, प्रत्यक खेलबाट जित्नेले १० प्रतिशत भिष्टो छुट्याउनु पर्ने लगाएतका रहेको बुझिएको छ । जुवामा लत परेका धनाढ्यहरूले सेटिङमै जुवा खेलाइरहेको पनि श्रोतको दाबी छ । जुवाडेहरुले प्रत्येक दिन ठाउँ परिवर्तन गरी जुवा अखडा सञ्चालन गर्दै आइरहेको स्रोतको दाबी छ । उनीहरूले हप्ताको सातैदिन जुवा खेलाउने गरेको नाम नछाप्ने सर्तमा एकजना जुवाडेले भण्डाफोर अभियानलाई जानकारी दिए । जुवाडेहरुले स्थानीय प्रहरीलाई सेटिङ मिलाइ निर्धक्कसँग जुवाखाल सञ्चालन गर्दै आइरहेको पनि श्रोतको दाबी छ ।
श्रोतका अनुसार केही युवाहरुलाई बाहिर तिरको बाताबरण बुझ्ने र कोही शंकास्पद ब्यक्ति वा गतिबिधी भटिएमा तुरुन्त स्पोट चेन्ज गर्ने वा खेल स्थगीत गर्नेसम्म हुने गरेको बुझिएको छ । गोर्खा घर भई चितवन ससुराली भएका दोङ्ग लामा भन्ने कत्ले तामाङ्ग, शशी राणा, डण्डाका चौधरी नाम गरेका नामुद जुवाडेहरुद्धारा खेलाईएको यो जुवाखालबाट उठेको भिष्टोले नै सेटिङ्ग र खानपान तथा घरबहाल समेत तिर्नेगरी मिलाईएको स्रोतको दाबी छ । श्रोतका अनुसार एक राई र बि.क थरका दुईजना ब्यक्तिले जुवाडे र प्रहरीको बिचमा पुलको काम गर्दै हामीले सेटिङ्ग मिलाईसकेका छौं भन्दै प्रहरीको हाकिमहरुको नाम बेचेको कुरा समेत खुल्नमा आएको छ ।
यसरी बिगतमा लामो समयदेखि कौडा सञ्चालन गर्ने, ठुलो नियमित एवं पेशेवर खेलाडीहरु सामेल रहेको जुवाखाल सञ्चालन हुन रोकिएको चितवनमा पुनंः जुवाडेहरुले खेल सञ्चालन गर्नु गम्भिर बिषय हो । यो बिषयमा प्रहरी प्रशासन गम्भिर बन्नुपर्दछ । अझ त्यस्मा पनि जुवाडेहरुले खुलम खुला रुपमा प्रहरी सेटिङ्ग मिलाईएको छ आउ जुवाखेल्न भनि अन्य ब्यक्तिलाई समेत भन्नु र प्रहरी प्रशासनको बदनाम गर्नु अर्कोतिर उनीहरु नसमातिनुले स्याल कराउनु र कुखुरा हराउनु एकैचोटी हुँदा कता स्याल ले नै कुखुरा त् लगेन भन्ने आम आशंका बढेको छ । स्मरण रहोस यस अघि पनि चितवनमा बर्षौदेखि प्रहरी सेटिङ्गमै जुवाखाल सञ्चालन भईरहेको थियो । सुसिलसिंह राठोर चितवनमा एसपी भई आएसँगै सेटिङ्गको जुवाखाल रोकिएको थियो । नयाँ एसपी दानबहादुर मल्लले समेत जुवाडेहरुलाई लखेटिरहेका थिए तर एकाएक केहीदिन यता प्रहरी सेटिङ्गमै जुवाखाल सञ्चालन भएको सुचना स्वंय जुवाडेहरुबाटै चुहिनुले कतै चितवन प्रहरीका कुनै हाकिम या ईकाइका प्रमुखहरुले ग्रिनग्निल त् दिईरहेका छैनन् भन्ने गम्भिर आंशका उब्जीएको छ । प्रहरी प्रशासनले समाज सुधारको त्यो कामलाई निरन्तरता दिन्छ या ददैन त्यो एकाध दिनमै थाहा लाग्छ नै जे भएपनि चितवनबाट यस्ता अबैध गतिबिधी रोकिनुपर्छ । आम चितवनबासीको यो भावनालाई चितवन प्रहरीले सम्मान गर्नेमा हामी बिश्वस्त छौं ।
यसैबिच चितवनमा फेरी पेशेवर जुवाडेहरु सल्बलाए नी के हेरी बस्नु भएको छ भनि चितवनका एसपी दान बहादुर मल्लसँग सोध्धा उनले जुवाखाल सञ्चालनमा आएको हल्ला आफुले नी सुनेको र नियन्त्रणको लागी प्रहरीहरु खटाएको तर लुक्दै भाग्दै स्थान बदल्दै खेल खलेकाले समाउन नसकिएको बताए । भण्डाफोर अभियानले सोधेको अर्को प्रश्नमा एसपी मल्लले भने जुवाखाल सञ्चालनमा प्रहरीले जुवाडेलाई कुनै सिग्नल दिएको छैन अब उनीहरुले प्रहरी सेटिङ्गको कुरा गर्दै अन्य जुवाडेलाई आर्कषित गर्न त्यस्तो कुरा गरेको हुनसक्छ, ती जुवाडेलाई हामी केही दिनमै पक्राउ गर्छौ र कार्बाही गर्छौ भन्दै प्रहरीले अबैध गतिबिधी तथा गैंह्रकानुनी कार्य गर्ने कोही कसैलाई नछाड्ने बताए ।
                                      भण्डाफोर अभियान साप्ताहिकबाट