राप्रपा चितवनको जिल्ला प्रशासन कार्यालयमा धर्ना


भरतपुर, चैत २५ /राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)को देशव्यापी जनसंघर्षको धर्ना कार्यक्रम चितवनमा पनि दिईएको छ । सोमाबार राप्रपा चितवनले जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएको हो । सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहित नेपाललाई सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै धर्ना दिईएको पाटीका जिल्ला अध्यक्ष दिलिप पाण्डेले जानकारी दिनुभयो । यसैगरी अन्य मागहरुमा राजा सहितको लोकतन्त्र स्थापनाका लागी सर्व पक्षिय गोलमेच सम्मेलन गर्नुपर्ने, संघियता बारे राष्ट्रिय जनमत संग्रह गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने, बेरोजगारी समस्याको समाधान गर्नुपर्ने लगायतका रहेका छन् ।
धर्ना कार्यक्रममा राप्रपाद्वारा नेपाल सरकार समक्ष प्रस्तुत २२ बुँदे माग अबिलम्भ पुरा गरिनुपर्नेमा जोड दिईएको पाटीका वरिष्ठ जिल्ला उपाध्यक्ष जीवलाल पुरीले बताउनुभयो । कार्यक्रममा पाटीका पदाधिकारीहरु, जिल्ला सदस्यहरु, शुभेच्छुक लगायतको सहभागीता रहेको थियो ।