कवाड ब्यबसायीद्वारा करोडौं कर छली, नियामक निकाय किन बेखबर ?
चितवन/कवाड ब्यबसायमा सम्लग्न केही ठूला ब्यापारीहरुले करोडौं राजस्व(भ्याट)छली गरिरहेको खुल्नमा आएको छ । चितवन, राजधानी काठमाण्डौं लगाएत देशैभर रहेका केही ठूला कवाड संकलन कर्ता र सप्लार्यस हरुले ब्यापक मात्रमा राज्यको करोडौं राजस्व स्वाहा पारिरहेको भएपनि सो बिषयमा आन्तरिक राजस्व कार्यलयहरु, आन्तरिक राजस्व बिभाग, र राजस्व अनुसन्धान बिभाग बेखबर रहेको बुझ्नमा आएको हो ।
यसरी राज्यको करोडौं राजस्व लुटपाट गर्नेमा चितवनमा लामो समय कवाड कारोबारमा सम्लग्न रहि हाल फरार जटाशंकर जयसवाल एक नम्बरमा रहेको खुल्नमा आएको हो । भण्डाफोर अभियान साप्ताहिक पत्रिकालाई एक भरपर्दो गोप्य श्रोतले दिएको जानकारी अनुसार जयसवालले साना कवाड ब्यबसायीहरुको फर्म लिई त्यसैमा कारोबार गरि उनीहरुलाई समेत फसाईरहेको बुझिएको छ ।
जटाशंकर जायसवालले धेरै ब्यबसायीहरुको भ्याटबिल प्रयोग गर्ने गरेको तर भ्याटको रकम दाखिला नगर्दा एकातिर राज्यको करोडौं राजस्व हिनामिना भएको र अर्कोतर्फ सोझा सिधा ब्यबसायीहरुको उठिबास लगाईरहेको समेत खुल्नमा आएको छ । चितवनमा लामो समय ब्यबसाय गरेका जायसवाल अहिले बिहारको मोतिहारी पिपरारोडमा बस्दै आएका छन् । जायसवाल भुमिगत रुपमा नेपाल आएपनि खुलमखुल्ला हिड्ने नगरेको श्रोतले जानकारी दिएको छ ।
आफ्नो बिल प्रयोग गरी जटाशंकरले भ्याट नबुझाएको रुपन्देही जिल्ला बुटवल, न्यू जैसवाल टे«डर्सका सञ्चालक राजेश कुमारले गुनासो गरेका छन् । उनले लेखेको हस्तलिखित उनको आफ्नै कम्पनीको लेटरहेडमा लेखेको पत्रमा चार करोड बढी भ्याट नतिरेको कुरा उल्लेख छ । ६०५२७२०५१ नं को जैसवालको भ्याटबिल बापत राजस्व कार्यालयलाई बुझाउनुपर्ने राजस्व दाखिला नगरिएको आन्तरिक राजस्व कार्यालय बुटवलमा बुझ्दा समेत खुल्नमा आएको छ ।
बाबा बैधनाथ सप्लायर्सको नाममा आप्mनो कारोबार गरेका जटाशंकरले बिभिन्न ब्यक्ति तथा कम्पनीको भ्याट बिल प्रयोग गरी राज्यको करोडौं रकम छली भईरहेको स्पष्ट भईसक्दापनि उनलाई नियन्त्रणमा लिई आवश्यक कार्बाही गर्न राज्यका कर नियामक निकायहरु लाग्नुपर्ने देखिन्छ । यसतर्फ उनीहरुको ध्यान कहिले पुग्ने हो त्यो समयले देखाउने नै छ ।
यता ४० बटा पनि कवाडी पसल नरहेको भरतपुरमा कवाडी कर असुल्ने गरी नारायणघाटको पुलचोकमा ठेकेदारले कवाडी कर असुल्ने नाममा अबैध ब्रम्हलुटको असुली धन्धा गरिरहेको छ । उक्त असुलीको बारेमा थाहा पाएर पनि कोही कसैले रोक्ने चेष्टा गरेको देखिदैन् । सो बारे हामी आगामी अकंमा बिस्तारमा खाजीनिती गर्ने नै छौं ।