यातायातमा घुसखोरी झन बढ्यो,घुस्याहाहरु माथी किन हुँदैन कार्बाही ?
चितवन/भरतपुरमा रहेको यातायात ब्यबस्था कार्यलयमा झन घुसखोरी बढदै गएको आम गुनासो बढीरहेको छ । गत् जेठ ३० गते शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारी कार्यालयका एक कर्मचारी र एक बिचौलीयालाई पक्राउ गरी लगेको थियो । जिल्लामा घुसकेन्द्रको रुपमा बदनामी कमाएको उक्त कार्यालयमा अख्तियारले छापा मारेपनि कार्यालयका प्रमुख बिष्णुकुमार भट्टराई सहितका उपल्लो तहका कर्मचारी र केही ठुला ड्राईभिङ्ग ट्रायल सेन्टरका मालिकहरुलाई बास्तविक अनुसन्धान नगरेको देखिन्छ ।
अख्तियारका अनुसार यातायात व्यवस्था कार्यालयका कर्मचारीले बिचौलीयासँगको मिलोमतोमा महालक्ष्मी ड्राइभिङ सेन्टर, गुरुङ ड्राइभिङ सेन्टर र कुमार ड्राइभिङ सेन्टर लगायतले फेल भएका परीक्षार्थीसँग रकम असुल गरी फेल भएका परीक्षार्थी उत्तीर्ण गर्ने गराउने गरेको साथै कार्यलयमा व्यापक रुपमा बेथिति र अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको आधारमा थप अनुसन्धान गरि कार्बाही गरिएको जनाएको थियो ।
तर अख्तियारले पक्राउ परेकालाई पनि छाड्ने र शक्तिशालीहरुलाई छुन नसक्नुले अख्तिारले समेत यातायात कार्यालय भरतपुरमा केही गर्न नसकेको देखिन्छ । अहिलेपनि भरतपुरको यातायात र्काालयबाट लाईसेन्स लिन बर्ग अनुसार १५–२५ हजार देखि ५०– ६० हजार रुपियाँसम्मको घुस लिने कार्य भैरहेको पिडीत सेवाग्राहीहरुले भण्डाफोर अभियानसँग गुनासो गरेका छन् । अख्तिारले यातायात कार्यालय भरतपुरका प्रमुख तथा केन्द्रअध्यक्षलाई अनुसन्धानको पहिलो घेरामा नराख्नुले अख्तियारकै भुमिका माथी समेत अनेकौं प्रश्नहरु तेर्सिएको छ ।
शक्तिशाली दलाल र बिचौंलिया अनि कार्यालय प्रमुखको ईशारा बिना के एउटा नाथे पियन र केही बिचौलियाले मात्र यत्रो घुसखोरीको महाभारत सञ्चालन गर्न सक्छन् ? अख्तियारको टोलीले अहिलेसम्म कार्यालय प्रमुख, केन्द्राध्क्ष, ड्राइभिङ सेन्टरको आबरणमा सेटिङमै आम सर्बसाधारण जनताको खुनपसिना लुट्न सक्रिय तत्वहरु र अन्य बिचौलियाहरुलाई किन पक्राउ गरेन ? अहिले चितवनमा सबत्र यहि चर्चा छ ।
यत्र तत्र सर्बत्र ब्रम्हलुट
यातायात कार्यालय भरतपुरमा सकेसम्म सेवाग्राहीलाई यत्र तत्र सर्बत्र लुट्ने कार्य भैरहेको छ । आफ्नो सवारीसाधनको कर तिर्न जाँदासमेत सेवाग्राहीहरु अझसम्म लुटिनुपर्ने अवस्था हुनु लाजमर्दो बिषय हो । तर यहि भैंरहेको छ यहाँ । भरतपुर यातायात कार्यालयमा अहिलेपनि तलदेखि माथीसम्म मिलेमतोमा ब्रम्हलुटभैरहेको छ, लाईसेन्स र स्वास्थ्य परिक्षणमा मात्र होईन पटके, जाँचपास, नबिकरण लगाएत चौंतर्फी लुटपाट भैरहेपनि नियामक निकायहरु आयाराम गयाराम मा सिमीत बनेका हुन् ।
अतः भ्रष्ट र घुसखोरहरुमाथी कडा कार्बाही होस् । भ्रष्टाचार देशको मुख्य शत्रु हो यसलाई रोक्न अख्तियार लगाएतका नियामक निकायका नेतृत्वले यो बिषयमा कुनै लोभ लालच वा दबाब र प्रभावमा नपरी भ्रष्ट र घुसखोरहरुमाथी कडा कार्बाही होस्, आम सर्बसाधारण नागरिक को तर्फबाट हामी निरन्तर आवाज बुलन्द गरिरहने नै छौं ।