इजरायलले गर्यो गाजा सिटी ‘युद्ध क्षेत्र’ घोषित
काठमाडौं/इजरायलले गाजाको सबैभन्दा ठूलो सहर गाजा सिटीलाई ‘युद्ध क्षेत्र’ घोषणा गरेको छ । यो कदमलाई अन्तर्राष्ट्रियस्तरमा निन्दित एक ठूलो सैन्य कारबाहीको सुरुआत मानिएको छ । शुक्रबार सोही क्षेत्रबाट दुई बन्धकको शव पनि बरामद गरिएको छ ।
पछिल्लो २२ महिनादेखि जारी यो संघर्षमा मृत्यु हुनेको संख्या ६३ हजार नाघेको छ । एक लाख ५९ हजारभन्दा बढी मानिस घाइते भएका छन् ।
इजरायली सेनाले लडाइँ पुनः सुरु गर्ने घोषणा गरेसँगै स्वास्थ्य अधिकारीहरूले गाजामा मृत्यु हुनेको संख्या बढेर ६३ हजार २५ पुगेको बताएका छन् । पछिल्लो २४ घण्टामा मात्र अस्पतालहरूले ५९ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
यसैबीच, मानवीय सहायता समूह र मानिसलाई आश्रय दिइरहेको एक चर्चले आफूहरूले गाजा सिटी नछोड्ने र भोका तथा घरबारविहीनको मद्दत जारी राख्ने जनाएको छ ।