बन्जारा बन्जाडे समाज र भरतपुर सामुदायिक अस्पतालबीच उपचार छुट सम्झौता

चितवन/बन्जारा बन्जाडे समाज नेपाल जिल्ला कार्यसमितिको सातौं बार्षिक साधारण सभा शनिबार गरिएको छ ।
कालिका नगरपालिका वडा नं ६ खोलेसिमलमा आयोजित उक्त साधारण सभाको वडाध्यक्ष टीकाराम रेग्मीले उद्घाटन गरेका थिए । सो अबसरमा संस्थाका अध्यक्ष रमेश बन्जाराले भावि कार्ययोजना तथा कार्यप्रगति प्रतिबेदन तथा कोषाध्यक्ष शुशीला बन्जराले आर्थिक तथा लेखा परीक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष बन्जाराले समाजले जिल्ला भित्र रहेका बन्जरा परिवारलाई आइपर्ने समस्या सामधान, वचत संकलन र ऋण लगानी, प्रोत्सहान र सम्मान लगाउतका काम गर्दै आएको बताए । संस्थाले अहिले सम्म १० लाख ३४ हजार १६० रुपैया आम्दानी गरेकोमा ९ लाख ४९ हजार ऋण लगानी गरेको र बाँकी रकम बन्जारा परिवारका सदस्यहरु विरामीहुँदा उपचार खर्च स्वरुप सहयोग गरिएको अध्यक्ष बन्जाराले जानकारी दिए ।

यसैबीच साधारण सभाको अबसरमा समाजले भरतपुर सामुदायिक हस्पिटलसंग उपचारमा छुट सम्बन्धी सम्झौता गरेको छ । औषधि सहित उपचारमा १५ प्रतिशत छुट दिने गरी अस्पतालसंग सम्झौता गरिएको हो । सम्झौतापत्रमा अस्पतालका प्रबन्ध निर्देशक दीपेन्द्र बास्तोला र समाजको तर्फबाट अध्यक्ष रमेश बन्जाराले हस्ताक्षर गरेका छन् । अस्पतालले उपलब्ध गराएको कार्ड लिएर अस्पताल जाने विरामीले छुट पाउने व्यवस्था गरिएको छ । समाजका लेखा संयोजक देवीप्रसाद बन्जाराले सञ्चालन गरेको उक्त कार्यक्रममा बरिष्ठ डाक्टर शुनिलमणि पोखरेल, भरतपुर सामुदायिक हस्पिटलका कार्यकारी निर्देशक रघुनाथ सापकोटा लगायतले मन्तव्य राखेका थिए । समाजका अध्यक्ष बन्जाराको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तेजप्रसाद बन्जाराले स्वागत मन्तव्य राखेका थिए ।