दाउन्नेमा अवरुद्ध सडक सुचारु भयो।

कावासोती/पूर्वपश्चिम राजमार्ग अन्तर्गत रहेको नारायणघाट बुटवल सडकखण्डको दाउन्नेमा अवरुद्ध सडक खुलेको छ ।

बर्दघाट नगरालिका –४ खुर्सानी खोला नजिक सडक र ट्रक दुवै भासिएर अवरुद्ध बनेको सडक आज दिउँसो साढे १२ बजेपछि खुलेको हो ।

गत रातिदेखि अवरुद्ध खण्डमा आवश्यक मर्मत गरी एकतर्फी सडक सुचारु गरिसकिएको नवलपुर प्रहरीले जनाएको छ।