पर्सामा तस्करी बढदै : बारा प्रहरीद्वारा करोडौ रुपैयाँका अवैध सामान बोकेको कन्टेनर नियन्त्रणमा।

सिमारा/बारा प्रहरीले मंगलबार दिउँसो १ करोड २५ लाख मूल्य बराबरका विभिन्न अवैध सामानहरूसहित आएको एउटा कन्टेनरलाई नियन्त्रणमा लिई कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय,पथलैयामा बुझाएको छ।

प्रहरीले दिएको जानकारी अनुसार मंगलवार विहान साँढे १ बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएका प्रहरीले चेकिङ गर्ने क्रममा अमलेखगंजस्थित चेक प्वाईन्टमा वीरगंजबाट काठमाण्डौँतर्फ जाँदै गरेको ना ८ ख ७२४२ नम्बरको कन्टेनर ट्रकलाई नियन्त्रणमा लिइ चेक जाँच गर्ने क्रममा कन्टेनरमा अबैध सामन रहेको पाईएको हो।

प्रहरीका अनुसार कन्टेनरमा बिल बिजक भन्दा फरक र भन्सार छलीका १ करोड २५ लाख २४ हजार १० रूपैयाँ बराबरको कस्मेटिक, नरिवल,बदाम,कपडा, सर्जिकल सामानहरु, ईलेक्ट्रिक सामानहरु, मोबाईलका पाटपुर्जा तथा औषधीजन्य सामानहरू फेला परेको हो।

प्रहरी वरिष्ठ नायब निरीक्षक धनप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको चेकिङ टोलिले कन्टेनर ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको बारा प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।