चितवन उधोग संघमा दुईपक्षिय भिडन्त उत्कर्षमा, संघले उध्योगी ब्यबसायीको हितमा काम गर्न नसकेको भन्दै अध्यक्ष न्यौंपानेद्वारा राजीनामा ।

चितवन/चितवन उधोग संघका निर्वाचित अध्यक्ष सुर्य प्रसाद न्यौंपानेले आफ्नो पदबाट राजीनामा दिएका छन् । उधमी हरुको हितको निम्ती स्थापना गरिएको संघले त्यस क्षत्रको हितमा काम गर्न नसकेको र विभिन्न ब्याक्ती बादी क्रियाकलापमा संघ तथा संघको स्रोतसाधान प्रयोग भएको, अनावश्यक प्रोपोगन्डा रच्ने र आफ्ना निजिसन्स्था का एजेन्डालाई स्थापित गराउन खोजेको, ब्यग्तिगत रिसिबी लिने तथा संघ र सङ्ले गर्नुपर्ने काम कर्तव्य भन्दा बढी , नतिजा बिहिन देखावटी काममा उध्यमीहरुलाइ ब्यस्त बनायेको उद्धमी लाई अफ्ट्यारो पर्दा ढाडस दिन नसक्ने र एकादुइ ब्यग्तिहरुको नृत्य नाटकमा मुक्दर्सक बनेको भन्दै अध्यक्ष न्यौंपानेले राजीनामा दिएका हुन् । संघका पुर्ब अध्यक्षहरु तारा प्रसाद पौंडेलको एजेन्डा लाई बाध्यतामा परि बोकेर हिड्ने पौडेल लगाएत बर्तमान गवर्निङ काउन्सिलका केह पुर्ब अध्यक्ष हरुको असहयोग र षडयन्त्रले गर्दा संघ मार्फत ब्बसायीको हितमा केही काम गर्न खोज्दा खोज्दै आफुलाई काम गर्ने बाताबरण नदिई उल्टै षडयन्त्रको चंगुलमा फसाउन खोजेकाले आफुले राजीनामा दिनुपरेको न्यौपानेको दुःखेसो छ । न्यौंपानेले जारी गरेको राजीनामा पत्रमा चितवनमा केही गर्छु भनि उधोगमा लगानी गर्ने युवा उधमीहरुलाई उधोगीकै आबरणमा रहेका षडयन्त्रकारीहरुले षडयन्मा पार्ने गरेको नमिठो तथ्यले आफु र आफुजस्तै उधोगीहरु दिनदिनै प्रताडित बन्नुपरेको भन्दै बर्तमान अध्यक्षको न्यायको निम्ती कुनै पहल गर्न नसक्ने संघले आम साधारण उधोगीहरुलाई के न्याय मिल्ला र ? भन्दै नैतिक्ताको आधारमा राजीनामा दिएको उनको कथन छ । यसैबीच यस विषयमा बुझ्दा संघका कार्यकारी प्रमुख गणेश चिलुवालसङ्ग बुझ्दा उनले अध्यक्ष न्यौंपानेले राजिनामा दिएको गत जेठको नियमित बैठकले स्वीकृत गरिसकेको भन्दै आगामी बैठकबाट अधिवेशनको बारे छलफल हुने जानकारी दिए। अध्यक्ष न्यौपानेले राजिनामा दिएको महिनादिन भैसकेको छ । उनले दिएको राजीनामा पत्र ढिलो गरी भण्डाफोर अभियानलाई प्राप्त हुन आएको छ । जुन हामीले यहाँ जस्ताको तस्तै प्रस्तुत गरेका छौं ।

श्री कार्यसमिति,
चितवन उद्योग संघ,
भरतपुर, चितवन ।
विषय: राजीनामा सम्बधमा ।
महोदय,
उपरोक्त सम्बन्धमाम सूर्य प्रसाद न्यौपाने करिब दुई दशक देखि चितवन जिल्लामा उद्यम, व्यवसाय संचालन गरी विभिन्न उद्योग स्थापना गरी जिल्लामा उद्योग विकास प्रवर्धन एवं रोजगारीको श्रृजना गर्दै आईरहेको जगजाहेर नै छ । सोही क्रममा मिति २०७०।०१।२१ गते देखि अनवरत रुपमा उद्योग प्रवर्धन र व्यवसायीको हक हितको लागि समेत गठित त्यस चितवन उद्योग संघको कार्यसमिति सदस्यको रुपमा रही विभिन्न कार्यभार सम्हाल्दै हाल त्यस संघको अध्यक्षको रुपमा आफ्नो पदिय जिम्मेवारी बहन गर्दै आईरहेको कुरा सर्बविदितै छ ।कार्यसमिति सदस्य देखि वरिष्ठ उपाध्यक्ष हँुदै अध्यक्षको पद बहन गर्ने क्रममा मैले चितवनका धेरै उद्यमी साथिहरुसँग काम गर्ने मौका पाई आफ्नो पदिय जिम्मेवारी निष्ठापूर्वक बहन गरेकोमा म हृदयदेखि गौरव गर्दछु । यसैक्रमा म त्यस संघको सचिव रहेकै बखत तारा प्रसाद पौडेल र म बिच भुकम्प पछिको पुर्ननिर्माणको लागि आवश्यक पर्नेसामग्री बनाउने उद्योग खोल्ने विषयमा प्रारम्भिक अवधारणा सहितको छलफल भई हामी सहमत भई नयाँ कम्पनी स्थापना गर्ने सहमति भएको थियो । उक्त कम्पनी तत्काल स्थापना एवं संचालन गर्न ठूलो लगानी आवश्यक पर्ने भएकाले म र तारा पौडेल दुबैले आफ्नो चिनजानका साथिभाईबाट लगानीकर्ता खोज्ने समेत सहमति भएको थियो । सोही बमोजिम हामी दुबैले लगानीकर्ता खोजि गरेका थियौँ । तारा पौडेल र युगराज वस्तीले मैले प्रस्ताव गरेका लगानीकर्ताहरु मध्ये केही लगानीकर्तालाई सम्मिलित गर्न अस्विकार गरेपश्चात उहाँहरुले खोजेको र मैले खोजेको केही लगानीकर्ताहरुबाट जम्मा १७ जना लगानीकर्ता छनौट गरी बाह्र करोड चुक्ता पुँजी भएको क्बलमधष्अज ज्यmभ क्यगितष्यल एखत। ीतम। नामक कम्पनी स्थापनागरेका थियौँ । तत्कालिन अवस्थामा नाकाबन्दिले गर्दा उद्योग एवं व्यवसाय संचालनामा निकै मार परेको थियो । उक्त अवरोधको बाबजुद पनि २०७२ भाद्रमा स्थापित उक्त कम्पनीले स्थापना भएको सात (७) महिना अर्थात चैत्रबाट नै उत्पादन सुरु गरीसकेको थियो । उक्त उद्योग हाम्रो लागि पनि नयाँ प्रकृतिको उद्योग भएको र पूर्ण प्राविधिक ज्ञान नभएकोले केही मशिनरी उपकरणहरुको खरिद गर्ने क्रममा स्थापना काल मै उक्त कम्पनीलाई एक–डेढ (१–१.५) करोड घाटा भएको थियो । त्यसका बाबजुद पनि उक्त कम्पनीले चैत्र देखि असार सम्म लगभग ३ करोड हाराहारीको सामग्री उत्पादन एवं बिक्री गरिसकेको थियो । साथै बैँकले कम्पनीले पहिला जडान गरेको मशिनरीको सट्टामा नयाँ मशिनरी किन्नको लागि थप ऋण समेत प्रदान गरेको थियो । दोस्रो आर्थिक वर्षमा कम्पनीले १२–१३ करोडको व्यापार गरेको थियो । तेस्रो आ.व.मा २८ करोडको व्यापार गरी कम्पनीले २० प्रतिशत मुनाफा समेत वितरण गरेको थियो । कम्पनीको उत्पादन सँगै बजारीकरण समेत बढाउन सफल भएकाले चौथो आ.व.मा कम्पनीले ३६ करोडको व्यापार गरी २२ प्रतिशत मुनाफा वितरण गर्न सफल भएको थियो । कम्पनीको व्यापारमा बृद्धी सँगै पाँचौ आ.व.मा कम्पनीले ४२ करोडको व्यापार गरी १८ प्रतिशत मुनाफा वितरण गरेको थियो । म कम्पनीको प्रबन्ध निर्देक रहँदासम्म शेयर सदस्यलाई ७२ प्रतिशतसम्म मुनाफा बितरण भईसकेको थियो ।
यसैक्रममा भन्सार विभागले हाम्रो कम्पनीलाई भन्सार पछीको परिक्षणको कार्यालयलेकम्पनीले आयात गरेको कच्चा पदार्थमा सुविधा दुरुपयोग गरेको भनि ४ वर्षको आयातमा थप महसुल लगाउने भनि पत्राचार गरेको थियो । सो सम्बन्धमा भन्सार ऐन मै त्रुटी रहेको र ऐन संसोधन समेत भएको थियो । तर विगतमा गरिएको ब्गमष्त उपर थप आठ करोड महशुल र सोही बराबर जरिवाना गरी १६ करोडदायित्व बहन गनृूपर्ने सहितको निर्णय गरी कम्पनीको भ्हष्m ऋयमभ नै रोक्का गरिदिएकोे थियो । उक्त कार्यको उपचारको निम्ति १६ करोड धरौटी राखि राजश्व न्यायधिकरण समक्ष पुनरावलोकन गर्ने अथवा सर्वोच्च अदालत समक्ष बिना धरौटी रिट निवेदन दर्ता गर्ने बिकल्प मध्ये सर्वोच्च अदालत जाने बिकल्प छनोट गरी संचालक समिति तथा साधारण सभाबाट निर्णय भई रिट निवेदन लिई सर्वोच्च गएका थियौँ । सर्वोच्च अदालतमा मुद्दा दर्ता गरी अन्तरिम आदेश समेत जारी भई कम्पनीले पुनः आफ्नो काम सुचारु गर्न सफल भएको थियो । उक्त मुद्दा मामिलाका निम्ति संचालक समितिबाट निर्णय भए बमोजिम काम गर्ने अख्तियारी मलाई दिइएको थियो । सो सन्दर्भमा केही रकम खर्च समेत भएको थियो । उक्त मुद्दाका सन्दर्भमा जे–जति आवश्यक खर्च गर्नुपर्छ गर्नु भनि साधारण सभाबाट संचालक समितिलाई निर्देशन समेत प्राप्त भएको थियो । तर मुद्दाको प्रक्रिया लम्बिदै जाँदा कम्पनीका प्राविधक निर्देशक रहेका तारा पौडेलले सञ्चालक एवं सदस्यहरुमा अनेकन शंका उपशंका पैदा गराउने र मेरा विरुद्ध खुरापाती तथा षड्यन्त्रको विजारोपण गर्ने कार्य गरी कम्पनीको काम र प्रगतीमा भाँजो हाल्ने कार्य गर्न शुरु गरे । जसकारण उक्त विचाराधिन मुद्दा किनारा लाग्न ढिला भएको भनि कम्पनीका सदस्यहरुबीचमनमुटाव र किचलोको सुरुवात समेत सुरु भईसकेको थियो ।
यसै बीच कम्पनीले नेपाल सरकारले निमार्ण गर्न लागेको ठूलो आयोजनामा आफ्नो उत्पादन बिक्री गर्ने अवसर पाएको थियो र सो अवसर फुत्कन नदिन आवश्यक सम्पूर्ण कार्यगर्नु भन्ने संचालक समितिद्वारा म (तत्कालिन प्रवन्ध निर्देशक) लाई निर्देशन आएको थियो । उक्त निर्देशन बमोजिम मेरो नेतृत्वमा प्राविधिक तथा बित्तीय म्यानेजर सहितको टोलि गठन गरी उक्त सप्लाई कार्य कम्पनीले पाउन सफल भएको थियो । तर तत्कालिन अवस्थामा कोभिडको माहामारीले गर्दा निमार्ण सामग्री, कच्चा पदार्थ र ढुवानी भाडामा समेत भएको लगभग १०० देखि ३०० प्रतिशतसम्मको मुल्यवृद्धीले गर्दा उक्त कार्यबाट कम्पनीले अपेक्षित मुनाफा कमाउन सकेन । तत्पश्चात ठूलो प्रोजेक्ट, म एकलैले म्भब िगरी काम गरेको भनिप्राविधक निर्देशकतारा पौडेल ज्यूको उक्साहटमा अध्यक्ष शान्तालाल प्रधान र संचालक समितिका सदस्यहरुमा विभिन्न अनावश्यक शंका उपशंका झांगिदै गएको थियो ।
तत्कालिन अवस्था सम्म कम्पनीको ऋण जम्मा २७÷२८ करोड हाराहारी रहेको थियो र कम्पनीले सो ऋण बापतको ब्याज, किस्ता साथै शेयरधनीहरुलाई मुनाफा समेत वितरण गरिरहेको थियो । कम्पनी सुरुवातको छैठौँ वर्षमा नयाँ उत्पादनएयथिअबचदयलभत क्जभभत थप गरी उत्पादनलाई विविधिकरण (म्ष्खभचकषथ) गर्ने कुरा साधारण सभाबाट अनुमोदित भएको थियो ।उक्त कार्ययोजनाको लागी थप ६÷७ करोड आवश्यक पर्ने र केही रकम चालु पूँजीको लागी पनि आवश्यक पर्ने भएकाले बैँक सँग थप १२ करोड कर्जा लिने रकम्पनीको वार्षिक उत्पादन ८० देखि १०० करोड पु¥याउने भन्ने प्रक्षेपण सहीत साधारण सभाबाट अनुमोदीत विषय अघी बढाईएको थियो । कोभिड लगायतका अवरोधको बाबजुद पनिचैत्र महिनामा सुरु भएको नयाँ सामाग्रीको त्चष्ब िएचयमगअतष्यल असार सम्ममा २ करोड भन्दा माथिको उत्पादन एवं बिक्री भईसकेको थियो । उल्लेखित एयथिअबचदयलभत क्जभभतको उत्पादन अन्य कसैले नगर्ने र कच्चा पदार्थ र तयार वस्तु (ँष्लष्कजभमनययमक) को आयात दरमा ३० प्रतिशतको अन्तरले गर्दा आगामी वर्षमा कम्तिमा १०÷१२ करोड हँुदै ३०÷३५ करोड सम्मको उत्पादन एवं बिक्रीको प्रक्षेपण गरिएको थियो ।
कम्पनीको भन्सार सम्बन्धिविचाराधिन मुद्दाको टुँगोमा पुग्न बिलम्ब हुनु, संचालकहरुलेभनेजस्तो र सोचेजस्तो नहुनु साथै केही सञ्चालकले मागबमोजिमकोअपेक्षित सेवा सुविधा नपाउनुजस्ता कारणहरुबाट कम्पनीमा विभिन्न आशंका र तिक्तता बढीरहेको थियो । कम्पनीबाट व्यक्तिगत रुपमा करोडौँ रकम लिई बर्षौँ नतिरी ढिला तिर्ने र पछि पुनः नपाउँदा अनेकन आरोप लगाउने प्रवृतिले गर्दा कम्पनीमा अनेकन किचलोहरुबढीरहेको थियो । कम्पनीले अन्य कम्पनीसँग गरेको कारोबारलाई अनेकन बखेडा झिक्ने, भाँजो हाल्ने र व्यक्तिगत आरोप लगाईझै–झगडा आदी गर्नाले कम्पनीमा काम गर्ने वातावरण खल्बलिन गई अनेकन समस्या श्रृजना भएको अवस्था थियो ।
सोही बखत म त्यस चितवन उद्योग संघको वरिष्ठ उपाध्यक्षको पदमा चयन भएको थिएँ । मलाई कम्पनीको विभिन्न कारोबारको शिलशिलामा आरोप प्रत्यारोप गरीरहनु भएका तारा प्रसाद पौडेल ज्यू पूर्व अध्यक्षको हैसियतले मलाई पदस्थापना गराउन स्वयं आफैं उपस्थित हुनुभएको थियो । एकातिर अनेकन आरोप प्रत्यारोपमा उत्रिने र अर्को तर्फ बधाई शुभकामना दिन पनि उपस्थित हुने तारा प्रसाद पौडेल ज्यू लगायत केही व्यक्तिको दाहोरो चरित्र र भुमिकाले म आश्चर्यमा परेको थिएँ । अनेकन प्रयासका बावजुद मलाई बरिष्ठ उपाध्यक्ष पदमा चयन हुनबाट रोक्न नसकेपछी पौडेल सरको नेतृत्वमा रहेको एउटा समूहले चौतर्फी हमला गर्न शुरु गरे ।
कम्पनी कम्पनी बिचको हिसाबलाई व्यक्तिगत हिसाब भन्ने, कामहरुमा अवरोध श्रृजना गर्ने र प्रत्येक बैठकमा किचलो गर्ने, आफु समेत संचालक भई गरेको निर्णयको सम्बन्धमा पनि निहू खोजी झै–झगडा गर्ने, आफु समेतले अनुमोदन गरेको ब्गमष्तरिपोर्टलाई पनि पुनः क्ष्लतभचलब िबगमष्त को नाममा एकपक्षीय ब्गमष्तगराउने ब्गमष्तयच संग राति ११ बजेसम्म आफ्नो घर एवं होटल रिसोर्टमा बसी गोप्य योजना बनाउने र षड्यन्त्रका अनेक तानावाना बुन्ने, आफुले गरेका गल्ति ढाकछोप गर्न अनेकन प्रपञ्च गर्ने, पाँच जना संचालक मध्ये म एक जना संचालकलाई एक्ल्याएर छलफल गरी योजना बनाई औपचारिक बैठकमा जर्बजस्ती थोपर्ने लगायतका गतिविधि सहन गर्न नसकि मैले प्रवन्धकको पदबाट राजिनामा दिने निर्णय गरी मैले राजिनामा पेश गरेकोमा बहुमत शेयर सदस्यज्यूहरुले मलाई “तपाईं कम्पनीको परिकल्पनाकार भएकोले तपाई बिना यो कम्पनी अघि बढ्न सक्दैन” भनि साधारण सभाले मेरो उक्त राजिनामा स्वीकृत गरेन ।
तत्पश्चात कम्पनीमा साधारणसभामार्फत नयाँ संचालक समिति गठन भएको थियो र प्रवन्ध निर्देशककै भुमिकामा मलाई पुनः जिम्बेवारी दिईएको थियो । साधाराणसभाले किचलो साम्य पार्न नसकेको भन्ने निर्णयका आधारमा निवर्तमान अध्यक्ष शान्तालाल प्रधान ज्यूलाई हटाई श्री बालगोपाल चुके ज्यूको अध्यक्षतामा नयाँ सञ्चालक समिती गठन गरिएको थियो । तर नयाँ अध्यक्ष चुके ज्यूलाई घेराबन्दी गरी काम गर्न दिईएन । तारा पौडेल लगायत मनमा तुश पालेका केही पुराना संचालकहरुले मेरा विरुद्ध निरन्तर जालझेल एवं षड्यन्त्र रच्दै कम्पनीका कार्यप्रगतीमा बाधा अडचन पैदा गर्ने, कर्मचारीहरुलाई दुव्र्यवहार गर्ने लगायतका गैर व्यवसायीक हर्कतहरु बढाउंदै लगे ।उनीहरुले प्रत्येक महिना गोप्य भेला बोलाउने, प्रत्येक शेयरधनीहरुलाई छुट्टाछुट्टैभेट गरी भड्काउने, घृणा र शंकालाई बढवा दिदैं मेरा विरुद्ध पुनः अनेकन षड्यन्त्र गर्ने कार्य युद्धस्तरमा गररिहेका थिए । बैँक एवं बित्तीय संस्थामा मेरा चरित्र हत्या गर्ने, दुस्प्रचार गर्ने लगायतका घटना पश्चात आजित भई कम्पनी संचालनको लागि अवरोध हटाउन,कि मलाई स्वतन्त्र रुपमा कम्पनी चलाउन दिनु नत्र तपाईँ स्वयं चलाउनु भनि मैले तारा पौडेल ज्यूलाई प्रस्ताव गरेको थिएँ ।
उक्त प्रस्ताव बमोजिमको छलफलमा तारा पौडेल ज्यूले कम्पनीमा आफ्नो नाममा भएको शेयर मध्ये केही शेयर मेरो नाममा नामसारी गरिदिने र जसबापत निजले मेरो सि.एम.टि. रिसोर्टमा रहेको शेयर लिने, निजको कम्पनीमा रहने बाँकी शेयर जेठ १५ भित्र तारा पौडेलले ब्यक्तिगत रुपमा तिर्नुपर्ने रकमको सट्टा युवराज बस्यालको नाममा नामसारी गरिदिने सहमति भएको थियो । तत्पश्चात पनि तारा पौडेल लगायतका अन्य केही पूर्व संचालकहरुले कम्पनी हत्याउने योजना सहित मलाई दुःख हैरानी दिने कार्य निरन्तर जारी राखि मलाई कम्पनीको प्रवन्ध निर्देशकको पदबाट राजिनामा दिन बाध्य बनाईयो र मैले उक्त पदबाट दोश्रो पटक पुनः राजिनामा दिएँ । उक्त राजिनामा तत्कालै स्वीकृत भयो । मेरो राजीनामा स्विकृत भएपश्चात एकातिर मलाई धन्यवाद प्रस्ताव सहित विदाई गर्ने अनि अर्कोतिर मेरा विरुद्ध विषवमन सहित अनेकन षड्यन्त्रका तानाबुना बुनिरहने आपराधिक हर्कत गरिरहेका छन् ।
मेरो राजिनामा स्वीकृत भएको करिब ६ महिना पश्चात म त्यस संघको अध्यक्ष पदमा निवार्चित हुनुभन्दा केही अघि मैले छाडिसकेको कम्पनीलाई पुनः नेतृत्व गरी सञ्चालन गर्नुपर्ने अन्यथा संघको अध्यक्ष पदमा नियुक्त गर्न नमिल्ने भन्ने तारा पौडेल ज्यू लगायतको दबाब सृजना पश्चात बाध्य भई मैले कम्पनी स्वीकार गरी चलाउने अनौपचारिक सहमति भएको थियो । तर कम्पनीका संचालकहरुले तारा पौडेलको प्रस्तावसहितको उक्त सहमतिलाई अस्विकार गरिदिएका थिए । पूर्व अध्यक्ष राजु पौडेल, कृष्ण प्रसाद अधिकारी, सोमराज मरहठ्ठा समेतको पहलमा कम्पनीको विवादका विषयलाई मिलाउन पटक पटक कोशिस गर्दापनि तारा पौंडेलको अहमता, जिद्दीपना र अपरिपक्वताले गर्दा पुर्व अध्यक्षज्यूहरु लगायतको प्रयासहरुले सफलता प्राप्त गर्न सकेन ।
गत वर्ष भदौमा कम्पनीका केही संचालकहरुले त्यस संघमा धम्कीपूर्ण पत्राचार गरी म र कम्पनीको विवाद मिलाउनु नत्र अनेकन शैलिको नाराबाजी एवं आन्दोलन गर्ने भनि चेतावनी सहितको पत्र प्रेषित गरेका थिए । उक्त पत्र आए पश्चात त्यस संघका वरिस्ठ उपाध्यक्षको नेतृत्वमा बैठक बसी, छलफलका लागी प्रतिनिधि पठाउनु भनि दुबै पक्षलाई पत्राचार गरिएको थियो । उक्त पत्र बमोजिम मैले प्रतिनिधि पठाएपनि तारा पौंडेलले भने प्रतिनिधि नपठाई बसेका थिए । तत्पश्चात त्यस संस्थामा अध्यक्ष पदको जिम्मेवारी समेत बहन गरिसक्नुभएका तारा पौडेल समेतले मेरा विरुद्ध अनेकन विषयहरुलाई अतिरंजित गरीअनावश्यक दुःख हैरानी दिई मलाई केही पनि काम गर्न नदिएकाले मेरो कारण संघका कुनैपनि गतिबिधीमा गतिरोध नआओस भनि मैले त्यस संघका वरिस्ठ उपाध्यक्ष मदन घिमिरेलाई कार्यवाहक जिम्मेवारी हस्तान्तरण गरेको थिएँ ।
यसरी मेरा विरुद्ध निरन्तर अनेकन जाल प्रपंच रचि मलाई फसाउने षडयन्त्र हँुदा आफु विगत करिब १४ वर्ष देखि विभिन्न पदमा रही काम गरेको संघसँग समन्वयकारी भुमिकाको अपेक्षा हुनु स्वभाविक हो । मैले त्यस संघमा रहे देखि सामुहिक हित शिवाय अन्य केही कहिले पनि सोचेको थिईन । म माथी थोपरिएको षड्यन्त्रका सन्र्दभमा त्यस संघबाट मलाई कुनै पनिप्रकारको संस्थागत सहयोग एवं ढाडस प्राप्त हुन सकेन् । उद्यमीहरुको हितार्थ स्थापित संघबाट संघको बहालवाला अध्यक्षलाई परेको पिरमार्कामा समेत कुनै पहल, सहयोग र सहानुभुति प्राप्त हुन नसकेको अवस्थामा म त्यो संघको नेतृत्वमा बसिरहनु औचित्यहिन भएको महशुस गर्दै आजैका दिनदेखि लागु हुनेगरी संघको अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गर्दछु ।
अन्त्यमा, संघमा प्रवेश गर्दाको दिनदेखि आजका दिनसम्म मलाई हरतरहले सहयोग पुर्याउनुहने पुर्व अध्यक्षज्यूहरु पुर्व पदाधिकारीज्यूहरु, वर्तमान कार्यसमितीका पदाधिकारीज्यूहरु, कार्यसमितीका सदस्यज्यूहरु, छाता संस्थाहरुका अध्यक्ष एवं पदाधिकारीज्यूहरु,पालिका समितीका अध्यक्ष एवं पदाधिकारीज्यूहरु, संघमा आबद्ध महिला तथा युवाउद्यमी सहित विभिन्न वस्तुगत समितीका अध्यक्ष एवं पदाधिकारीज्यूहरु,साधारणसदस्यज्यूहरु, कर्मचारीज्यूहरु, जिल्ला तथा केन्द्रमा रहेर संघ एवं हाम्रो अभियानमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउनुहुने राजनितिक दलका नेतृत्वगण एवं सदस्यज्यूहरु, सरकारी गैह्रसरकारी तथा सामाजिक संघ संस्थाका प्रमुख एवं सदस्यज्यूहरु र जिल्ला तथा राष्ट्रियस्तरका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार मित्रहरुज्यूहरुमा उच्च सम्मानसहित आभार प्रकट गर्दछु ।
साथै म त्यस चितवन उद्योग संघको कुनै खालको जिम्मेवारीमा रहे, नरहे पनित्यस उद्योग संघप्रति सँधा सदासयता रहने व्यहोरा अवगत गराउन चाहान्छु ।
धन्यवाद !

भवदीय,
सूर्य प्रसाद न्यौपाने
अध्यक्ष, चितवन उद्योग संघ ।