Breaking News

यातायात कार्यलय भरतपुरमा अझै घुसखोरीः कार्यलय प्रमुख भट्टराईलाई किन हुन्न कार्बाही?

चितवन/चितवनको भरतपुरस्थित यातायात ब्यबस्था कार्यलयमा गत् शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यलय टंगाल काठमाडौंबाट खटिएको बिशेष टोलीले आकास्मिक छापा मारी एक कर्मचारी पियन र एक बिचौंलियालाई केही नगद सहित पक्राउ गरेपनि कार्यालय प्रमुख बिष्णुकुमार भट्टराई, उपल्लो तहका केही घुस्याहा कर्मचारी र शक्तिशाली केही बिचौंलीहरुलाई छुन सकेन ।
छापा मारी अख्तियारको टोलीले चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढाप घर भई भरतपुर महानगरपालिका–११ कैलाश टोल बस्ने कार्यालय सहयोगी बर्ष ४९ का इन्द्रजित गुरुङ र गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–११ बस्ने ३१ वर्षीय बिचौलिया सुरज पाठकलाई नियन्त्रणमा लिएको थियो । सो क्रममा कार्यालय सहयोगी गुरुङको कार्यकक्षबाट १ लाख ८५ हजार रुपैयाँ नगद समेत बरामद भएको थियो । सम्पूर्ण बिलिगं सिष्टम कप्युट्राईजगर्ने सो कार्यालयमा के कति काराण पिनसँग त्यत्रो रकम बरामद भयो ? अख्तियारको टोलीले कार्यालय प्रमुख बिष्णु भट्टराई लगायत अन्य २२ जना कर्मचारीहरुसङ्ग सोधपुछ गर्नुका साथै उनीहरु सहित महालक्ष्मी ड्राइभिङ सेन्टर लगाएतका सञ्चालकहरूको समेत विद्युतीय उपकरणहरू ३१ थान मोबाइल, २ थान ल्याप्टप र महत्त्वपूर्ण कागजातहरू समेत नियन्त्रणमा लिए पनि कार्यालय प्रमुख र अन्य बिचौलियाहरुलाई किन पक्राउ गरेन ? अहिले चितवनमा सबत्र यहि चर्चा छ ।
सवारीचालक अनुमति पत्रको परीक्षा सञ्चालन गर्दा फेल भएका परीक्षार्थीलाई उत्तीर्ण गरी वर्ग अनुसार १५–२५ हजार देखि ५०– ६० हजार रुपैयाँसम्म रकम असुल गरी भ्रष्टाचार गरेको भन्ने बिश्वासिलो सूचनाको आधारमा छापा मारिएको अख्तियारले जनाएपनि कार्यालयमा पियन गुरुगं सवारी अनुमति शाखामा नभई उनी पटके र जाचँपास शाखामा कार्यारत थिए ।
अख्तियारका अनुसार यातायात व्यवस्था कार्यालयका कर्मचारीसँगको मिलोमतोमा महालक्ष्मी ड्राइभिङ सेन्टर, गुरुङ ड्राइभिङ सेन्टर र कुमार ड्राइभिङ सेन्टर लगायतले फेल भएका परीक्षासँग रकम असुल गरी फेल भएका परीक्षार्थी उत्तीर्ण गर्ने गराउने गरेको साथै कार्यलयमा व्यापक रुपमा बेथिति र अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको आधारमा थप अनुसन्धान गरि कार्बाही गरिएको अख्तियारले जनाएको छ । तर अख्तियारलाई यो जानकारी थियो की थिएन लाईसेन्समा बर्ग अनुसार लिईने घुस १५–२५ हजार देखि ५०– ६० हजार रुपियाँको प्रमुख हिस्स्ेदार कार्यालय प्रमुख र केन्द्रअध्यक्ष बिना के एउटा नाथे पियन र बिचौलियाले मात्र गर्न सक्छ ?
उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले छापा मारेर अनुसन्धान सुरु गरेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जारी गरेको बिज्ञप्तीमा जनाईएको छ । हुन सक्छ अख्तियारको अनुसन्धानबाट प्रमुख भट्टराई, केन्द्रअध्यक्ष र केही शक्तिशाली बिचौंलियाहरु तानीने नै छन् ।

कार्यलय प्रमुख भट्टराई जोगाउन चलखेल !
यसैबिच यातायात ब्यबस्था कार्यालय भरतपुरका प्रमुख बिष्णुकुमार भट्टराईलाई जोगाउन ५०औं लाखको चलखेल भैरहेको श्रोतले जानकारीदिएको छ । भण्डाफोर अभियानर्ला एक गोप्य श्रोतले दिएको जानकारी अनुसार केही साना कर्मचारीलाई मात्रै फसाई फेरी लुटधन्धा सञ्चालन गर्ने खेलो भैरहेको छ ।
श्रोतका अनुसार गोरखापत्रबाट हालसालै निवृत्त भएका भट्टराईका दार्जुलगाएतका सत्तारुढ दल नेपाली काँग्रेस र बिपक्षि दलका केही घुस्याहा एवं भ्रष्ट पहँुचवालाहरुको समेत दबाब र प्रभावमा सो खेल शुरु भएको बुभिएको छ । टंगाल आसपास बिचौलीयाहरु ५०औं लाख बोकेर सेटिगं मिलाउने दुस्प्रास गरिरहेको पनि श्रोतले बताएको छ । अख्तियार नेतृत्वले यो बिषयमा कुनै लोभलालच वा दबाब र प्रभावमा नपरी भ्रष्ट र घुसखोरहरुमाथी कडा कार्बाही हुनेमा आम सर्बसाधारण नागरिक आशावादी बनेका छन् ।
नेपाली काँग्रेस निकट कार्यालय प्रमुख भट्टराई बागमति प्रदेश यातायात मन्त्रालयबाट गत् ७ महिना अघि सरुवा भैं चितवन आएका थिए । प्रदेशभर बैंकिङ्ग प्रणालीबाट मात्र रकम जम्मा गर्नुपर्नेमा पहिले भैंरहेको ब्यबस्थालाई समेत रोकी पटके, जाचँपास, दर्ता लगाएतका राजस्व संकलन गर्ने शाखाहरुमा सेवाग्राहीबाट नगदै रकम लिने, यान्त्रिक परिक्षणमा सवारी साधन परिक्षण बिनै रकम असुलीको आधारमा परिक्षण पर्ची दिने, लाईसेन्सको स्वास्थ्य परिक्षणमा भागशान्तीमा रकम असुली गर्ने गराउने र महालक्ष्मी ड्राइभिङ सेन्टरमा एउटा लाईसेन्सको बर्ग अनुसार १५ । २० हजार देखि १ लाखसम्म गैंह्रकानुनी असुली गर्ने त्यस्तै अख्तियारले कार्बाही गरिसकेका रामचन्द्र अर्याललाई ट्रायल सेन्टरको केन्द्राध्यक्ष तोक्ने लगाएतका दर्जनौ गलत र बेथीती बढाएका प्रमुख भट्टराईलाई जोगाउने खेल भएपनि अन्ततः त्यो खेल पानीको फोका झै फुटेर जानेछ र बेथिती एवं अनियमितता रोक्नको निम्ती अख्तियारको कार्बाही केन्द्रित हुनुपर्ने देखिन्छ । अत्ः तल्लो तहका कर्मचारी मात्र होईन उपल्लो तह र कार्यलय प्रमुख नै किन नहुन् भ्रष्ट र घुसखोरहरुमाथी कडा कार्बाही होस् । भ्रष्टाचार देशको मुख्य शत्रु हो यसलाई रोक्न सरोकारवाला सबैबिच हातेमालो गरौं ।