ठगी र राजस्व लुटपाट धन्धामा कन्सल्टेन्सीहरु, अन्तत: चितवनका कन्सलटेन्सीहरुलाई लगाम कस्ने तयारी ।

चितवन/शैक्षिक परामर्शका नाममा खुलेका चितवनका कयौं कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीको काम गर्दै बिधार्थीहरु ठगिने क्रम बढेको आम गुनासो आईरहेको बिषयमा भण्डाफोर अभियान लगाएतका सञ्चार माध्ममा निरन्तर समाचार प्रकाशित भैरहेसँगै जिल्ला प्रशासन कार्यालय चितवनले अनुगमन र नियमनलाई जोड दिएको छ । यधपी प्रशासनको अनुगमन पर्याप्त छैन ।
बिधार्थीहरुलाई लक्ष्ति गर्दै ‘शैक्षिक परामर्श’ र भाषा तालिम सञ्चालन गर्ने लगायतका उद्देश्य अनुरुप खोलिएका त्यस्ता केही ‘शैक्षिक परामर्श केन्द्र’ कन्सल्टेन्सीहरुले आफ्नो बिधान, उधेश्य र कम्पनीको मर्म बिपरित वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा पारी आम सर्बसाधारणहरुबाट मोटो रकम असुल गरि ठगी गरिरहेको खुल्नमा आएपनि प्रशासन र राज्यका सरोकारवाला निकायको बेवास्ता र मुकर्दशकिताको कारण पिडीतहरु थप पिडीत भैरहेका छन् ।
त्यस्ता ठग कन्सल्टेन्सीहरुले बिधार्थी एवं सबसाधारणसंग रकम कारोबार गर्दा प्रायः नगदमा गर्ने वा संस्थामा कार्यरत कर्मचारीहरु, आफन्त वा नातेदार र टाढाका आफ्ना बिश्वासपात्रहरुका खातामा रकम जम्मा गर्न लगाउने, जम्मा भौंचर र अन्य प्रमाण नष्ट गर्ने उद्देश्यले कारोबार लुकाउन बाहिर देखावटी, नक्कली कर्मचारी र शाखा खडा गर्ने तर भित्र दोहोरो एकाउण्ट बनाई बास्तबिक आम्दानी लुकाई राजस्वमा समेत लुटपाट मच्चाई त्यस्ता ठगीमा संलग्न सञ्चालकहरु फरार हुने वा विदेशमै बस्ने र अन्त्यमा रकम बुझ्ने केही मतियार एवं कर्मचारीहरु पक्राउ पर्ने गरेको पनि खुल्नमा आएको छ ।
चितवन, राजधानी काठमाडौं लगाएतका स्थानका यस्ता ठग कन्सल्टेन्सीहरुले राम्रै ब्यापार गरिरहेका छन् । आफूले प्राप्त गरेको इजाजत र उद्देश्य बिपरितका कुनैपनि क्रियाकलापमा संलग्न कन्सल्टेन्सीहरुलाई निरन्तर अनुगमन रनियमन गरी कार्बाही गर्ने दह्रो निकाय नहुँदा कन्सल्टेन्सीहरु छाडा साँढे झै बैदेशिक रोजगारीमा जाने बिधार्थी र सर्बसाधारणलाई ठगी गरिरहेका छन् । ठगीएका ती पिडीतहरु न्याय र रकम फिर्ताको निम्ती प्रहरी प्रशासनमा धाँउदा धाँउदा वाक्क दिक्क भई राज्य, ब्यबस्था र नेताहरुलाई सराप्ने गर्दछन् । जस्को बारेमा हामी क्रमशःखोतल्दै जाने छौं । उनीहरुको ठगी धन्दा र राजस्व छलीलाई सतहमा ल्याउने प्रयास जारी राख्नेछौं ।
चितवनमा पछिल्लो समय जापान, युरोप, अस्ट्रेलिया, क्यानडा, साइप्रस, माल्टालगायतका विभिन्न विकसित मुलुकमा अध्ययन तथा रोजगारीका लागि पठाउने भन्दै कन्सलटेन्सीहरुले युवाहरुलाई ठग्ने गरेको पाइएको छ । अझ रोचक तथ्य त के छ भने उनीहरुले लिईएको १५ देखि २५ लाख रकम मध्ये ठूलो रकम कलेज फी को नाममा बिदेश पठाई हँुण्डी मार्फत नेपाल ल्याउने वा बिदेशी बैंककै खातामा रकम राख्ने क्रम बढेको श्रोतको दाबी छ । यसरी राज्यलाई गुमराहमा राख्दै राजस्व छली र लुटपाटमा सम्लग्नहरुलाई राजस्व अनुसन्धान र सम्पती सुधिकरण बिभागले मसिनो अनुसन्धान गर्नुपर्ने देखिन्छ ।
यसर्थ ठगीमा गुनासो आएका यस्ता कन्सलटेन्सीहरुका साथै जिल्लामा रहेका ठूलाकन्सल्टेन्सीहरु उपर कडा निगरानी, सुक्ष्म अनुसन्धान गरी ठगी र राजस्व छली तथा लुटपाट गरेको पाईएमा कडा कानुनी कार्बाही गरी पिडीतहरुको रकम असुलीमा साथै राजस्व चुहावट रोक्न राज्यका निकायहरुले बिशेष ध्यानदिनुपर्ने देखिन्छ ।

किर्ते र ठगी धन्धामा कन्सल्टेन्सी ।
चितवनका अधिंकास कन्सल्टेन्सीले खुलेआम किर्ते र ठगी धन्धा सञ्चालन गरिरहेको भएपनि सरोकारवाला निकायको बेवास्ता र मुकर्दशकिताले उनीहरु मत्ता हात्ती वा लगाम बिनाका घोडाजस्तै बनेका छन् ।
उनीहरुले सार्बजनिक स्थानमा राखेका होर्डिगं बोर्ड वा सामाजिक सञ्जालमार्फत युरोप अष्टर््ेलिया, जापान, क्यानाडा देखि कोरिया हुँदै माल्टा, क्रोयसिया र रोमानियामा समेत अध्ययन र रोजगारीका लागि पठाउने भन्दै विज्ञापन गरिरहेको पाईन्छ । तर उनीहरुले मेन पावरले झैं काम गर्न नपाईने भएपनि राज्यको नजर नपुग्दा चितवनमा यो धन्धा मौंलाईरहेको छ । प्रशासनले कन्सल्टेन्सीहरुलाई नियन्त्रणमा लिन अब ढिला गर्न हुँदैन ।
भाषा तालिम र भिषा प्रोसेसमा सहयोग गर्ने भन्ने नाममा जिल्लाको भरतपुर, नारायणगढ, टाँडी, पर्सा, भण्डारा, माडी र मुग्लीन त्यस्तै नवलपुरका गैंडाकोट, देवचुली र कावासोतीलगाएतका स्थानमा रहेका कन्सल्टेन्सीहरुले यस्तो झुट प्रचार गरेर बिधार्थीहरुसँग अग्रिम लाखौं मात्र होइन् करोडौं करोड रकम असुल गर्नुका साथै महिनौंअघिदेखि बिधार्थीहरुको पासपोर्ट होल्ड गर्ने गरेका हुन् ।
कन्सल्टेन्सीका रुपमा दर्ता भएका यस्ता शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी)हरुले म्यानपावरका रुपमा काम गर्ने र ठगी गर्ने शैली पछिल्लो समयमा ब्यापक मौंलाएको छ । बाहिर बाहिर जापान, अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, युरोप, अमेरिका लगाएतका विभिन्न देशमा अध्ययनको निम्ती लैजाने भनि प्रचार गरी कन्सल्टेन्सीहरुले मेनपावरको जस्तै रोजगारीका लागि बिदेश पठाउने धन्दा चलाईरहेका हुन् ।
यस्तो धन्दा गर्ने कतिपय कन्सल्टेन्सी र त्यसका सञ्चालकले बिधार्थीरुपी श्रमिकहरुसँग अग्रिम रुपमा मोटो रकम असुलेर वर्षौं झुलाउने, ठग्ने, फरार हुने समेत गरिरहेका छन् । पछिल्ला दिनमा विदेशमा विद्यार्थी पठाउन खुलेका विभिन्न शैक्षिक परामर्शदाता कम्पनीहरुले म्यानपावरको समानान्तर गतिविधि गरिरहेका छन् । अझ उनीहरु नियमनको दायरामा नरहेकाले धेरै जना ठगिने घटना बढ्न थालेका छन् ।

ब्यापक कर छली र राजस्व चुहावटको आशंका
यता, कन्सल्टेन्सीहरुले ब्यापक मात्रमा कर छली गरिरहेको समेत खुल्नमा आएको छ । आफ्नो कम्पनीको खातामा रकम दाखिला गराउनको साटो ब्यक्तिगत खाता र कतिपयले त् नगद मै कारोबार गरी कर छली भईरहेको खुल्नमा आएको हो ।
भण्डाफोर अभियानलाई एक गोप्य श्रोतले दिएको सुचना अनुसार चितवनका साना कन्सल्टेन्सीले भन्दा प्रायः ठूला कन्सल्टेन्सीहरुले ब्यापक मात्रामा कर छली र राजस्व चुहावट गरिरहेको दाबी गरेको छ । राज्यलाई ठुलो राजस्व आउने क्षेत्र भएर पनि कन्सल्टेन्सीहरुले ब्यापक मात्रामा कर छली गरिरहेका हुन् । कन्सल्टेन्सीहरुले गरेको कारोबारको आधारमा कर नतिर्दा करोडौं राजस्व चुहावटको आशंका बढेको छ ।
गलत तथ्याङ्क पेश गरेर साथै नियामक निकायलाई गुमराहमा पारेर वा ति निकायमा कार्यरत कतिपय लोभिपापीहरुलाई आफ्नो प्रभावमा पारेर ब्यापक मात्रमा कर छली गरिरहेको आम आशंका बढीरहेको भएपनि अहिलेसम्म उनीहरुमाथी सुक्ष्म छानविन र कार्बाही भएको छैन् ।

अनुगमन र नियमन शुरु ।
यसै बिच जिल्लामा सञ्चालित कन्सल्टेन्सीहरुले बिधार्थीहरुलाई बिदेश लैजाने भन्दै लाखौं ठगीरहेको र बिधार्थीबाट उठाईएको करोडौं रकममा कर छली समेत गर्ने गरेको आम गुनासो बढेको बिषयमा आमसञ्चार माध्यममा निरन्तर खबरदारी गर्दैं समाचार प्रकाशित एवं प्रशारित भएसँगै जिल्ला प्रशासन कार्यालय चितवनले अनुगमनलाई तिब्रता दिएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौंडेलले अनुगनको लागी टोली नै बनाएर खटाएका छन् । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चुणमणी शर्माको नेतृत्वमा दैनिकजसो अनुगमन भैरहेको छ । यसैबिच जील्ला प्रशासन कार्यालयले गत आईतबार एक सुचना प्रकाशन गर्दै ७ दिन भित्र सबै कन्सल्टेन्सीहरुलाई आफ्नो बिबबरण बुझाउन माग गरेको छ । जिल्ला प्रशासनले बिबरण माग गरेसँगैजिल्लामा कन्सल्टेन्सीको नाममा बिधार्थी ठग्ने र राजस्व छली गर्नेहरुको निद उडेको बुझिएको छ । यधपी प्रशासनको कार्बाही के कति दमदार हुनेछ भन्ने बिषयमा अहिल्यै यहि भन्न सकिन्न ।

लगाम कस्ने तयारी, ७ दिनभित्र कागजात बुझाउन प्रशासनको निर्देशन ।
चितवन÷चितवनमा सञ्चालित शैक्षिक परामर्श तथा भाषा सिकाउने संस्था (कन्सल्टेन्सी) लगाम कस्ने तयारी शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले ठगी र राजस्व छलीमा कन्सल्टेन्सीहरुको सम्लग्नता रहेको बिषयमा भण्डाफोर अभियानले निरन्तर समाचार सम्प्रेषण गरेसँगै उनीहरुको गतिबिधीमाथी सुश्म निगरानी बढाउनुका सौकेही कन्सल्टेन्सीहरुमा अनुगमनसमेत गरेको थियो । यसै सन्र्दभमा गत् आईतार ७ दिन भित्र विभिन्न कागजात बुझाउन जिल्ला प्रशासन कार्यालयले चितवनले जिल्लामा रहेका शैक्षिक परामर्श तथा भाषा सिकाउने संस्था (कन्सल्टेन्सी) निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सम्बन्धित निकायबाट लिइएको अनुमति पत्रसहितको नवीकरणको विवरण, व्यवसाय दर्ता प्रमाणपत्र, कर दाखिला र कर विवरण पेश गरेको कागजात, भाषा प्रशिक्षकको हकमा तोकिएको स्तरको भाषा प्रशिक्षकको कागजात, श्रम स्वीकृती, पासपोर्ट, भिसा र करार सम्झौता समेत उपलब्ध गराउन भनेको हो ।
घर भाडा सम्झौता, सो अनुसारको घर भाडा कर बुझाएको विवरणसमेत बुझाउन भनिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चुडामणी शर्मा गौतमको नाममा जारी गरेको सूचनामा शाखा सञ्चालनको अनुमति लिएको भए सो सम्बन्धी अनुमतीपत्र समेत उपलब्ध गराउन भनिएको छ ।
तोकिएको समयमा माग गरिएका कागजात उपलब्ध नगराउने वा मापदण्ड पुरा गरेको नपाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ ।
प्रशासनले जारी गरेको सूचनामा केही संस्थाले प्रचालित कानुनले तोकेभन्दा बाहेक भिसा प्रोसेस गर्ने, जब ग्यारेन्टी गर्ने, ट्राभल एजेन्सी र सहकारीसँग मिलेमोतो गरेर नक्कली कागजात बनाउने, म्यानपावरले गर्ने काम व्यक्तिगत र संस्थागत रुपमा गर्ने गरेको देखिएको उल्लेख छ ।
भाषा प्रशिक्षण गराउने संस्थाहरुले प्रचलित कानुन विपरीत कामहरु गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले कागजातसहितको विवरण माग गरेको हो ।
चितवनमा १५० भन्दा बढी विभिन्न कन्सल्टेन्सीहरु छन् । तीमध्ये करीव ६० वटा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति लिएका छन् भने २५ देखि ३० वटाले बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट अनुमति लिएर सञ्चालित छन् ।
बाँकी अन्य विभिन्न काठमाण्डौंका कन्सल्टेन्सीका एजेन्ट भएर अवैध रुपमा काम गरिरहेका छन् ।
शैक्षिक परामर्श संघ इक्यान चितवनका पूर्व अध्यक्ष हिम्मत पुरीले गैरकानुनी रुपमा भैरहेका काम रोकिनुपर्ने भन्दै इक्यानले यसमा साथ दिने बताए ।