नेकपा एमाले खैरहनी नगरपालिका ७ को वडा अधिवेशन सम्पन्न

चितवन/नेकपा एमाले खैरहनी नगरपालिका ७ को वडा कमिटी अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले राम कृष्ण पाठकको अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन गरेको छ ।

 

बागमती प्रदेश कमिटी सचिवालय सदस्य मुकुन्द दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जनतासँग एमाले अभियानका वडा संयोजक पूर्व बागमती प्रदेश कमिटी सदस्य लालमनी कुँवर, पार्टी जिल्ला कमिटी सदस्य केशब कँडेल, पार्टी नगर इन्चार्ज बबिता चौधरी, एमाले नेताहरु भारत भण्डारी, झगरु चौधरी, पूर्ण बहादुर डल्लाकोटी, नेत्र चौधरी, मनेजर चौधरी, भारत राज सुवेदी, नेत्र ढुंगाना, सन्तोष उप्रेती, रक्की खरेल लगायतको उपस्थिति रहेको थियो ।