नेकपा स्थापना दिवसमा प्रचण्डको अपिल: वामपन्थी शक्तिहरू एक हौं

काठमाडौ/प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिहरूलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन् ।

लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रचण्डले एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध भई समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन अपिल गरेका हुन् ।

२००६ वैशाख १० गते ९१९४९ अप्रिल २२० का दिन भारतको कोलकातामा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भएको थियो ।

विचारधारात्मक सङ्घर्ष एवं एकता र विभाजनका अनेकौँ अनुभवसहित यतिबेला हामी वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूबीच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेको उनले उल्लेख गरेका छन् ।

सत्ता समीकरण, सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिस्ट केन्द्रको साझा सपना र सङ्कल्पलाई सार्थक तुल्याउनेछ,ु प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, आजको दिन विगतका अनुभवहरूको समीक्षा र संश्लेषणसहित वामपन्थी शक्तिहरूबीच वैचारिक र राजनीतिक प्रश्नमा गहन छलफलका साथ साझा निष्कर्षमा पुग्न सङ्कल्प गर्ने दिन पनि हो ।