नेपाल उत्पीडित जातीय मुक्ति समाज माडीको दोश्रो नगर अधिवेशन सम्पन्न

चितवन/नेपाल उत्पीडित जातीय मुक्ति समाज माडी नगरपालिका चितवनको दोश्रो नगर अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले गिता विकको नेतृत्वमा २५ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षहरुमा श्री कुमारी विक, तुलाराम सार्की, सचिव धनबहादुर सुनार, उपसचिवहरुमा शान्ता घकाने, भाग्यश्री गायक र कोषाध्यक्षमा सृजना परियार रहेकी छन् ।


सचिव लक्ष्मण सदाशंकरले सञ्चालन गरेको कार्यक्रम नगरकमिटी अध्यक्ष डिलबहादुर गायकको अध्यक्षतामा सम्पन्न भएको थियो ।
मुक्ति समाजका केन्द्रीय सदस्य गोपाल परियारको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेकपा एमाले माडी नगर कमिटी अध्यक्ष नारायण अधिकारी, मुक्ति सेमाजका नेताहरु कृष्ण बयरकोटी, विजय विक, कमल रामदाम, भुवन प्यासी, तुलाराम विक, विर बहादुर सुर्खेती, एजी परियार, वावुराम बसेल लगायतको उपस्थिति रहेको थियो ।