कुरिनटारबाट ट्याक्सी त्रिशूली नदीमा खस्दा एक जनाको मृत्यु, ४ जना बेपत्ता

काठमाडौँ/काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी कुरिनटारबाट त्रिशूली नदीमा खसेको छ । आज बिहान बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खस्दा एक जनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको जानकारी अनुसार ट्याक्सीमा पाँच जना सवार थिए ।

ट्याक्सीमा सवार अन्य ४ जना बेपत्ता रहेको प्रहरीको भनाइ छ । मृतक पुरुष हुन् । उनको परिचय खुल्न सकेको छैन ।

बेपत्ताको खोजीको लागि गोताखोर टोली परिचालन गर्ने तयारी भइरहेको छ ।