कारागार लैजानुपर्ने रूङ्टा अझै सेटिगंमा अस्पतालमैः कानुनको धज्जी उड्दै !

चितवन/कारागार लैजानुपर्ने एकजना धनाढ्य ब्यक्ति कयौं दिनदेखि चितवनका बिभिन्न अस्पतालका भिआईपी क्याबिन चहार्दै हिडेका छन् । जिल्ला अदालत चितवनले चितवनका शङ्कर कँडेलको आत्महत्या दुरूत्साहन सम्बन्धी मुद्दामा पुर्पक्षका लागि कारागार(जेल) चलान आदेश भएका धनाढ्य व्यवसायी प्रदीप रूङ्टालाई कारागार चलान फैसला भएको कयौं हप्तौं भई सक्दासमेत अझैं कारागार नलगिएको हो ।
आम सर्बसाधरणलाई सामान्य बिवाद या लेनदेनको मुधामा अदालतको आदेश बिनै हाकीम हरुको तजविजमा अभद्र ब्यबहारको मुद्धा लगाई प्रहरी हिरासतमा लिने प्रहरीले धनाढ्य ब्यापारीलाई भने किन कारागार चलान गर्न आनाकानी गरेको भन्दै आम प्रश्न उठ्न थालेको छ ।
गरिब र कम्जोरहरुलाई घिसार्दै, लतार्दै हिरासत र कारागार लैजाने प्रहरीले रुगंटालाई बिरामीको बहानामा कारागार मुक्त गरी अस्पातालमै राखी रहनुले आम आशंका जन्माएको छ । भरतपुरका एक ब्यबसायीले भने, हामी भएको भए लतार्दै, घिसार्दै लान्थे पैसावाल भएकोले बिरामीको बहानामा अस्पताल चहार्दै राखिएको छ ।
उनले प्रश्न गर्दै भने के देशका कानुनी निकायहरु, प्रहरी, प्रशासन रुङ्गाटा जस्ता धनाढ्यको सेवामा स्थापना गरिएका हुन्, होईन भने बिरामीको निहुँमा रुङ्गाटालाई स्टार होटल सरहको अस्पतालको भिआईपि क्याबिनमा कति समयसम्म मस्ती गर्न छुट हुन्छ ? आम चासो र जिज्ञासा बढेर गएको छ ।
अदालतको आदेश लगत्तै बिरामी भएको भन्दै रूङ्टाका सहयोगीले उनलाई तत्कालै भरतपुर अस्पतालमा भर्ना गराएका थिए । ब्लडप्रेसर बढेको भन्दै अदालतमै बेहोस बनेका रुङ्गाटालाई केही दिनको उपचार र अस्पताल बसाईपछि भरतपुर अस्पतालले गत् भाद्र ८ गते दिउँसो डिस्चार्ज गरेको थियो ।
डिस्चार्ज भएपछि कारागार लगिएका रूङ्टालाई पुनंः रात समेत नबिताई सोही दिन बेलुका बिरामीको बाहाना गर्दै सेटिङमा उनलाई चितवन मेडिकल कलेज पुर्याईएको थियो ।
चितवन मेडिकल कलेज(सिएमसी) अस्पतालका निर्देशक डा.दयाराम लम्सालले रूङ्टा सिएमसीमै उपचाररत रहेको पुष्टि गर्दै यसबारे थप बुझ्न रूङ्टाको उपचारमा कार्यरत डा. श्याम रेग्मीलाई सम्पर्क गर्न भने ।
अस्पतालमै बस्नुपर्ने होईन डा. श्याम रेग्मी
यता सिएमसीका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. श्याम रेग्मीले भने रुगंटा अस्पतालमै बस्नुपर्ने होईन् । उहाँ बेला बेलामा फलोअपमा आए हुन्छ । उनले अगाडी थपे अस्पतालमा बस्नैपर्ने वा एमरजेन्सी केश होईन तर उहाँलाई नबस्नुस पनि त् भन्न मिलेन हामीले भन्दै रुगंटा सेटिगंमै अस्पतालको क्याबिनमा बसेको संकेत गरे । डा. रेग्मीका अनुसार उनको अन्य प्रेसर रोगी जस्तै सामान्य प्रेसर रहेको जुन घरमै बसि औंषधी सेवन गर्ने गरे पनि हुने रहेको बताए ।
उच्च अदालतमा सेटिङ्ग मिलाउने कोशिस गर्दैं ।
आत्महत्या दुरुत्साहनमा कारागर बस्नुपर्ने रुगांटा सिएमसीको भि. आई.पि. क्याबिनमा बस्दै राजनितीक नेतृत्व र अन्य प्रशासनिक निकायका हाकीमहरुलाई उच्च अदालतसम्म सेटिङ्ग मिलाईदिन लबिङ्ग गरिरहेका छन् ।
के कति खर्च गर्नुपर्छ गर्ने भन्दै रुङ्गाटाले उच्च अदालत पाटन हेटौंडासम्म सेटिङ्ग मिलाएर केही समयपछी धरौंटी खुलाई तारिखमा निस्कने योजना मुताबिक अदालतले जेलमा बस्ने आदेश गरे पनि बिरामी भएको भन्दै आदेश भएकै दिनबाट अस्पतालमा बसेका छन् ।
आरोपी रुङ्गाटालाई अस्पतालको क्याबिन डुलाउदैं कारागार जानबाट किन चितवन प्रहरीले उन्मुक्ति दिईरहेको छ यो आम चासो र आशंकाको बिषय बनेको छ । के अन्य आम नागरिकले पनि रुङ्गाटाले जस्तै सुबिधा पाउनेछन् महोदय हो आम नागरिकको तर्फबाट प्रहरी, प्रशासन र राजनितिक नेतृत्वलाई हामी प्रश्न गर्न चाहान्छौं ।
स्मरण रहोस, गत् वैशाख १९ गते आफ्नै कार्यकक्ष ९अनमोल फिड्स०मा व्यवसायी शंकर कँडेल रुङ्गाटाको टर्चर सहन गर्न नसकि झुण्डिएर आत्महत्या गरेका थिए । अनमोल फिड्स किनबेचको कारोबारमा आफूलाई झुक्याएर पासोमा पारेको भन्दै कँडेलले आफुलाई मर्न बाध्य पार्ने मुख्य अभियुक्त रुङ्गाटाको नाम लेखेर झुन्डिएर आत्महत्या गरेका थिए । आजको भण्डाफोर अभियानबाट