बिउमा कार्टेलिङ्ग, किसान मारमा

केही बर्ष अघिसम्म नेपाल सरकार कृषि मन्त्रालय मातहतको बिउबिजन केन्द्र हरिहर भवनलाई अनुमति आशायपत्र दिई जो कोही आयातकर्ताले आयात अनुमतिपत्र लिई आयात गर्न सकिन्थ्यो । यसरी आयात गर्दा बिउबिजन केन्द्र हरिहर भवनले सो बिउको उत्पादकत्व क्षमता, गुणस्तर लगाएतका बिषयमा अध्ययन गरेर अनुमति दिन्थ्यो ।
भारतीय सरकारले समेत अन्य मुलुकमा निर्यात गर्ने बिउमा फाईटो सेनेटरी गरेर मात्र निर्यात अनुमतिपत्र दिने गर्दथ्यो । तर कोभिड पछी केही बिउ माफिया हरुको योजनामा मन्त्रालयका केही ब्यक्तिलाई प्रभावमा पारी सिमीत ब्यक्तिले दर्ता गरी बिउ आयात अनुमति दिने गरी बिउमा कार्टेलिङ्ग भईरहेको छ । बिउमा कार्टेलिङ्ग भएकै कारण महङ्गी बढदा आम किसान मारमा परेका छन् ।
आम किसानले प्रयोगमा ल्याउने बिउ अर्थात कृषि उत्पादन जस्तो क्षेत्रमा कार्टेलिङ्ग गर्नु सर्बथा गलत रहेको आम किसानहरुको बुझाई छ । यस बिषयमा सरकार र सरकारी निकायको ध्यान केन्द्रित हुन जरुरी देखिन्छ ।