सेन्ट्रल कलेजको विद्यार्थीलाई निःशुल्क तालिम

चितवन/उच्च शिक्षा अध्ययन गर्न जापान, अष्ट्रेलिया लगायतका देशमा जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श र भिजा प्रोसेसिङको काम गर्दै आइरहेको सेन्ट्रल कलेजले विद्यार्थीका लागि निःशुल्क तालिम दिने भएको छ । कक्षा १२ को परीक्षा दिएर बसेका छात्रा विद्यार्थीहरुलाई लक्षित गरेर कलेजले निःशुल्क तालिम दिन लागेको हो । तालिममा चितवन, नवलपुर र तनहुँ, गोर्खा, लमजुङ्ग लगाएतका जिल्लाका विभिन्न स्कूल कलेजका छात्रा विद्यार्थीहरु सहभागि हुन सक्नेछन ।
तालिम पश्चात उनिहरुलाई रोजगारीको अवसर समेत प्रदान गरिने सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलाश (बाइबी) पौडेलले जानकारी दिए । ‘तालिम एक महिनाको हुनेछ,उनले भने’, कलेजले तालिममा आउने विद्यार्थीलाई खाजा, यातायात खर्च र भत्ताको समेत व्यवस्था गर्नेछ ।’ प्रिन्सिपल पौडेलले भर्खरै कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई केन्द्रित गरेर तालिम संचालन गर्न लागेको जानकारी दिए । तालिम लिन चाहाने विद्यार्थीले कलेजको मूख्य कार्यालय लायन्सचोक नारायणगढमा सम्पर्क गर्न प्रिन्सिपल पौडेलले अनुरोध गरे ।
चितवन केन्द्रीय कार्यालय रहेको सेन्ट्रल कलेजले देशभर शाखा विस्तार गर्ने समेत तयारी गरेको छ । कलेजले फ्रेन्चाइज मोडलमा शाखा विस्तार गर्न लागेको हो । पहिलो चरणमा देशका १९ ठाँउमा शाखा विस्तारका गर्न लागिएको कलेजका प्रिन्सिपल यज्ञ पौडेलले जानकारी दिए । कलेजले चितवनको पर्सा, सौराहाचोक टाँडी, नवलपुरको कावासोती, नवलपरासीको वर्दघाट र सुनवल, रुपन्देहीको मिलनचोक बुटवल, पोखराको न्यरोड, तनहुँको दुलेगौडा, भिमाद, दमौली, डुम्रे, हेटौंडा र काठमाडौंमा शाखा कार्यालय संचालन गरिसकेको छ । कलेजले चितवनको नारायणगढमा आफ्नै भवन सेन्ट्रल टावर समेत निर्माण गरिरहेको छ । यस्तै कलेजले बिद्यार्थीका लागि आफ्नै बस सेवा सुरु गरेको छ ।
सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, क्यानडा, युके, युएसए लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइएलटिएस पिटिइका कक्षा संचालन संगै परामर्श दिने काम गरिरहेको छ । यस्तै कलेजले जापान तथा कोरियामा उच्च शिक्षा अध्ययन तथा वर्किङ भिजामा लागि जान चाहाने विद्यार्थीहरुका लागि पनि कलेजले परामर्श र भाषा कक्षा दिइरहेको छ ।
बर्षौदेखि उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहाने विद्यार्थीहरुको चाहाना पुरा गर्दै आइरहेको सेन्ट्रल कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ । जापानसंगै अष्ट्रेलिया, क्यानडा र यूरोपका देशहरुमा पनि विद्यार्थीले धमाधम भिजा प्राप्त गरिरहेको कलेजले जनाएको छ । कलेजले पछिल्लो समय साउथ कोरियामा अध्यननका लागि जान चाहाने विद्यार्थीलाई पनि लक्षित गरेर धमाधम आइएलटिएस तथा भाषा कक्षाहरुसंचालन गरिरहेको छ ।
कलेजले जापानको नागोया सहरमा आफ्नै कार्यलय समेत संचालन गरिसकेको छ । निकट भबिष्यमा नै कलेजले विद्यार्थीका लागि छात्र र छात्रा होस्टलको व्यवस्था गरेर अध्ययन अध्यापन गराउने तयारी गरिरहेको जनाएको छ ।