अबैध गोरखनाथ धानको बिऊ बजारमा छ्यापछ्यापती, प्रशासन बेखबर !

अनुमति अघि नै कसरी आयो बजारमा, नियामक निकाय किन मुकर्दशक ! सेटिङ्गमा को को सम्लग्न ?

चितवन/नेपालमा बर्षौदेखि हाईब्रिड धानको बिउ भन्दै हाईब्रिडको मूल्य लिदैं कालोबजारी गरी आम किसानहरुलाई ठग्दै आएको भारतीय लोकल धानको बिऊ नाथ बायोजिन ईण्डीया लिमिटेड औंरङ्गबाद युपिद्धारा उत्पादित गत् २ बर्ष अघि मात्र नेपाल सरकारले आयात अनुमतिमा रोक लगाएको थियो । सरकारले प्रतिबन्ध लगाएको गोरखनाथ ५०९ धानको बिउ अंक फेरीएर केही भ्रष्ट कर्मचारीको सेटिगंमा पुनंः नेपाल भित्र्याउने तयारी भईरहेको बखत सो अबैध फ्रड कम्पनिका धानको बिउहरु गोरखनाथ, ५०९, लोकनाथ ५०५ लगाएतका अबैध बिउहरु नेपाली बजारमा छ्यापछ्यापती बिक्रि भईरहेको खुल्नमा आएको छ ।
नक्कली काम गरेको भन्दै नेपाल सरकारले आयात सूचीकरणबाट हटाएको नाथ बायोजिन ईण्डीया लिमिटेड द्वारा एतपादित गोरखनाथ ५०९ जातको धानको बिउ ललितपुर पुलचोकस्थित हरिहर भवनमा रहेको नेपाल सरकारकै कृषिमन्त्रालय मातहतको विउविजन महाशाखा ९नार्क० एचक्युसिसीले केहीबर्ष अघि नै हटाएको भएपनि फेरी त्यहि कार्यरत केही भ्रष्ट हाकीमहरुको मिलेमतोमा गोरखनाथ ५१० को नामबाट नेपालका बजारमा बिक्रिको लागी ल्याईने तयारी भईरहेको खुल्नमा आएको हो ।
आयात रोकिएको नाथ बायोजिन ईण्डीया लिमिटेडद्धारा उत्पादित बिउहरु पुर्बी नेपालको झापा, सुनसरी, मोरङ्ग, सप्तरी, सिराह, सर्लाही, बारा, पर्सा,रौंतहट, त्यस्तैं चितवन, नवलपुर, तनहँु, रुपन्देही, कपिलबस्तु, अर्घाखाँची, दाङ्ग लगाएतका दर्जनौं जिल्लामा लुकीछिपी मात्र होईन खुलमखुल्ला समेत अबैध धानको बिउ नियामक निकायका कतिपय हर्ताकर्ताहरुसँगको साँठगाठमा ओसारपोसार र बिक्रि भईरहेको खुल्नमा आएको छ । चितवनको नारायाणगढ, टाँडी, पर्सा, भण्डारा, रामपुर, चनौली, गितानगर, जगतपुर, माडी, मुग्लीङ्ग, तनहँुका आँबु खैरहनी, डुम्रे, दमौंली, गोर्खा, लम्जुङ्ग,नवलपुरका रजहर, दलदले, प्रगतिनगर र कावासोती, डण्डा, लगाएतका स्थानमा रहेका एग्रोभेटहरुमा उक्त अबैध धानको बिउ छ्यापछ्यापती देखिएको छ तर जिल्ला प्रशासन कार्यालय, ज्ञान केन्द्र र पालिकास्तरका अनुगमन समितीहरु बेखबर छन् ।
नाथ ५०९ नाम बदलिएर ५१० बनेर बजारमा ल्याईएको छ । ल्याब परिक्षण र क्वारेन्टाइन चेक नै नगरी बर्षौबाट बिउबिजन महाशाखा र केही जिल्ला कृषि कार्यालयका भ्रष्ट्र कर्मचारीहरुको मिलेमतोमा यसअघि भित्रिरहेको उक्त धानको बिउ फेरी ल्याईएको हो । गैरकानुनी तथा अबैध ठहरिए सँगै नष्ट गरिएको त्यही नक्कली बिउलाई अहिले नयाँ नाम दिएर पुनः आयात गर्ने तयारी भईरहेको खुल्नमा आएको हो ।
कृषि बिज भण्डार र एग्रो ईन्टरनेशनल बिरगंजका सञ्चालकद्धय छोटेलाल कलवार र बंकालाल कलवारले महाशाखामा सेटिङ मिलाएर उक्त अबैध बिउको कारोबार गरीरहेको समेत बुझिन आएको छ । कलवारद्वयले बिउमा ब्यापक कालोबजारी गरिरहेको भएपनि उनीहरुलाई नियामक निकायलेकिन उन्मुक्ती दिईरहेको छ ? धान मात्र होईन मकै र तरकारीको बिउमा समेत बर्षौंबाट कालोबजारी गर्दै आएका उनीहरुले कोभिडको मौंका छोपी कार्टेलिङ्ग समेतगर्ने गरेको आम किसानहरुको आरोप छ ।
अतः नक्कली बिउको आयात र कारोबारमा सेटिङ्ग मिलाउन तल्लीन छोटेलाल र बंकालालजस्ता किसानमारा र तिनीहरुलाई सहयोग गर्ने मतियारहरुलाई भ्रष्टचार र अनियमितता गरिरहेको आधारमा अख्तियार, राष्ट्रिय सर्तकता केन्द्र, संसदको सार्वजनिक हित समितिले कार्बाही गर्नुपर्दछ । यस्ता तत्वहरुलाई कार्बाही गराउन आम किसानको लागि काम गर्ने संघ संगठनहरु सचेत र सर्तक रहि राज्यका निकायहरुलाई झक्झकाउन लागि पर्नु पर्ने जरुरी भईसकेको छ ।