नदी छेउछाउमा फोहर फाल्ने कार्यको बिकल्प खोजौं ।

नारायाणी नदीको बिच भगांलोमा फोहर चाल्दै मजदुर, फोटो: भण्डाफोर अभियान/सुर्य बराल

हाम्रो देशमा अझैसम्म फोहर ब्यबस्थापनको बैज्ञानिक तरिका अपनाएको देखिन्न । फोहर फाल्ने स्थानमा देशका प्रायः शहर बजारहरुले खोला तथा नदिनालालाई प्रयोग गर्ने गरेका छन् । स्थानिय सरकार बनेपछी त्यो क्रम अझ बढेको छ । नेपालको संविधानले ‘स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने प्रत्येक नागरिकको अधिकारलाई’ मौलिक हकको रूपमा व्याख्या गरेको भएपनि स्थानिय सरकार र केन्द्रिय सरकारका फोहरमैला ब्यबस्थापन गर्ने जिम्बेवार निकाय एवं जिम्बेवार ब्यक्तिहरुको कारण जथाभावी फोहर ब्यबस्थापन गरेको देखिन्छ ।
उनीहरुले अन्य बिकल्पको खोजी नै नगरी खोला खोल्सा र नदी छेउको बगरमा फोहर ब्यबस्थापन गरिरहेका छन् जुन अबैज्ञानिक, अब्यबस्थित र बाताबरणीय हिसाबले समेत गलत छ । यस्तो गलत तरिकालाई बेलैमा सच्चाईएन भने त्यस्ले हाम्रा भावी पुस्तालाई समेत पिरोल्ने छ । लामो समयसम्म नदी तथा खोलाहरुलाई डम्पिङ्गसाईट बनाउँदा त्यस्ले स्थानिय क्षेत्रमा बिबिध किसीमका नकारात्मक असर गर्ने गरेको बाताबरणबिदहरुको अध्ययनले देखाएको छ । फोहर फालिएको स्थान वरपरका बुटबुट्यान्नहरु देखि माटो, पानी र वरीपरीको वायु समेत प्रदुषित हुने गर्दछ ।
वातावरण संरक्षण ऐन–२०७६, वातावरण संरक्षण नियमावली–२०७७, स्थानीय सरकार सञ्चालन ऐन–२०७४, वन ऐन–२०७६, फोहोरमैला व्यवस्थापन ऐन–२०६८ तथा फोहोरमैला व्यवस्थापन नियमावली–२०७० तर्जुमा भई कार्यान्वयनमा भएपनि अधिकांस स्थानिय तहहरुले अहिलेसम्म फोहर ब्यबस्थापनलाई खासै महत्व दिएको देखिन्न ।
नेपाल सरकारको ‘फोहोरमैला व्यवस्थापन ऐन, २०६८’ को परिच्छेद–२ फोहोरमैला उत्पादन, सङ्कलन, न्यूनीकरण तथा निष्काशन सम्बन्धी व्यवस्थाको दफा ३ को पेज ५ अनुसार फोहोरमैलाको व्यवस्थापन गर्न विभिन्न व्यवस्था गरिएको छ । यसमा स्थानान्तरण केन्द्र (ट्रान्सफर स्टेशन), ल्याण्डफिल साइट, प्रशोधन प्लान्ट, कम्पोष्ट प्लाण्ट, बायो ग्यास प्लाण्ट लगायत फोहोरमैलाको सङ्कलन, अन्तिम विसर्जन तथा प्रशोधनका लागि आवश्यक पर्ने पूर्वाधार तथा संरचनाको निर्माण तथा सञ्चालन गर्ने व्यवस्था छ ।
त्यस्तैै, फोहोरमैला सङ्कलन केन्द्र तथा प्रशोधन स्थलमा फालिएको फोहोरमैलाको प्रबन्ध गर्ने वा कुनै पनि किसिमबाट प्रयोग गर्ने जिम्मेवारी स्थानीय निकायको हुने व्यवस्था पनि उक्त दफामा गरिएको छ । साथै नगरको वातावरणलाई स्वच्छ, सफा र हराभरा राखिराख्न नगरले लगानी गर्नुपर्ने अवस्था उल्लेख छ । संबिधान र ऐनमा समेत उल्लेख भएका कुराहरु कार्यन्वयनमा भने स्थानिय तहहरु एकदमै फितलो देखिएका छन् । फोहरमैला ब्यबस्थापनलाई परम्परागत रुपले भन्दा माथी उठेर ब्यबस्थापन गर्न चुक्नु स्थानिय तहका नेतृत्वहरुको क्षमता परिक्षणमा असफलताको धोतक हो भन्दा फरक नपर्ला की ?
बढ्दो फोहोर उत्पादन र व्यवस्थापकीय चुनौतीलाई समयमै बुझेर घर आँगन, सडक र गल्लीहरूबाट फोहोर संकलन र विसर्जनका लागि बैज्ञानिक तरिका अपनाउन अब ढिला हुन लागीसक्यो । यस्को लागी सम्बन्धित पालिकाहरुले, फोहोरमैला व्यवस्थापनको जिम्मेवारी पाएकाहरुले यसलाई सामान्य रुपमा नलिई बिशेष जिम्बेवारीका साथ अघि बढ्न ढिला गर्दा सम्पूर्ण बाताबरणलाई नै नोक्शान हुन गईरहेको छ ।
देशको राजधानी काठमाण्डौंमा फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरले ९०० कर्मचारी र झन्डै १४० वटा गाडीको व्यवस्था गरेको देखिन्छ । तथापि फोहोर व्यवस्थापन सधैं समस्या बन्ने गरेको छ । दशकौंदेखि फोहोरको अव्यवस्थित थुप्रो बनाएको छ नुवाकोटमा काठमाण्डौं महानगरले तर अझै बैज्ञानिक ब्यबस्थापन गर्न सकेको छैन् । २०६२ सालमा सिसडोलमा ३ वर्षको लागि फोहोर फाल्ने भनेर सुरु गरिए पनि बन्चरेडाँडामा गर्ने भनिएको दीर्घकालीन व्यवस्था समयमै पूरा नहँुदा सिसडोलमा फोहोर फाल्ने क्रम १३ वर्षसम्म बितिसक्दा पनि सकिएको छैन यसलाई के भन्ने ? महानगर र देशकै नेतृत्वको ईच्छाशक्ति नभएर कि स्वार्थ बाझिएर । आम मानिसले सरसरती हेदा काठमाण्डौं महानगरपालिका र मन्त्रालयको बीचमा शक्तिको खिचातानीले समयमै ब्यबस्थित ल्याण्डफिल्डसाईट नबनेको देखिन्छ ।
देशको अर्को महत्वपूर्ण नगरपालिका भरतपुर महानगरपालिका हो । पवित्र नारायणी नदी र राप्ती नदी किनारमा अवस्थित भरतपुर महानगरपालिका ऐतिहासिक, सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक आदि रूपले मुलुककै अग्रणी नगरीको रूपमा स्थापित छ । हाम्रो सुन्दर, स्वच्छ र हराभरा नेपालको केन्द्रबिन्दुमा रहेको नारायणी नदी किनार(पुलचोक देखि नारायणी दोभान) सम्म र नारायणी नदी भित्र रहेको टापुहरु(नगरबन र भगांलो)जंगलमा समेत गरी तत्कालिन भरतपुर नगरपालिका एवं हालको भरतपुर महानगरपालिकाको सम्पूर्ण फोहर बिर्सजन गर्न थालेको २० बर्ष भईसकेको यहाँका स्थानियहरु बताँउछन् ।
महानगरले यहाँ नारायणी नदीमा बिना प्रशोधन फालिएको फोहरको कारण यो क्षेत्र दुर्गन्धित हुनुको साथै यस्को नकारात्मक असर मानब, बन्यजन्तु र जलचर प्राणीहरुलाई पर्दै गईरहेको बिषयमा मिडीयामा समाचार आईरहेकै छन् । स्थानियस्तर र बाताबरणबिदहरुले बिरोध गरिरहेपनि फोहर फाल्ने कार्य चलिरहेकै छ ।
भरतपुर महानगरपालिकाका बाताबरण शाखाले बिकल्प सोच्न नसक्दा पबित्र नदी(गंगा)मा अब्यबस्थित रुपमा निरन्तर फोहर फाल्दा यस्ले तत्कालिन र दिर्घकालिन हिसाबले ठुलो नकारात्मक असर गर्ने देखिएपनि सो स्थानको बिकल्प खोज्न नसक्दा नदीमा फोहर फाल्न बन्द हुन सकेको छैन् ।
महानगरपालिकाका प्रमुखले समेत फोहर ब्यबस्थापनमा रुची देखाई दिर्घकालिन हलखोजेको भएपनि कर्मचारीतन्त्रको असहयोगको कारण त्यो सफल हुन नसकेको आम चर्चा भईरहेको छ । मुख्यतः महानगरपालिकामा बर्षौ बर्षदेखि हालीमुहाली गरी करोडौ भष्ट्रचारमा सम्लग्न कमिशनखोरहरुको अनिक्षाकै कारण नारायाणी नदिमा फोहर फाल्ने कार्य भईरहेको देखिन्छ ।
हुन त धेरै पालिकाहरुले पालिकास्तरमै फोहरमैला ब्यबस्थापन नियामावली बनाईसकेका छन् । यधपी त्यो हात्तीको देखाउने दाँत जस्तो मात्र भएको छ । देशका धेरै पालिकाहरुले नारायाणी, गण्डकी, कोशी, कर्णाली र यस्का शाखा प्रशाखा नदी तथा खोलाहरुमा सिधै ढल मिसाईदिने, फोहर लगेर फालिदिने जस्ता कार्यलाई अझैपनि निरन्तरता दिईरहेका छन् जो बाताबरण बिनास, जैबिक बिबिधताको नाश र भावी पुस्तालाई समेत बिकराल समस्या निम्त्याईरुह्ेका छन् ।
यस्तो कार्य तत्काल रोकिनुपर्दछ । नदि तथा खोलाहरुको बिकल्प ब्यबस्थित फोहर ब्यबस्थापनको स्थान छनौट गरी बैज्ञानिक तरिका अपनाईयोस । फोहरलाई उचित ब्यबस्थापन गर्नसके त्यस्ले बाताबरण मात्र सफा हुँदैन उर्जा र मोहरको समेत आर्जन गर्न सकिन्छ । अतः फोहरमैलालाई यसै नदीनाला खोलाखोल्सीको छेउछाउमा त्यसै नफालौ यस्को बिकल्प ब्यबस्थित ल्याण्डफिल्ड साईटको बिकास गरौं । घरदेखि नगरसम्म फोहर मैलाको समुचित ब्यबस्थापन गरौं । यसैमा सबैको कल्याण हुने छ ।