स्वदेशी उत्पादनको बजार ब्यबस्था गर ।

देशभर उत्पादित कृषि लगाएतका उत्पादनले ब्यबस्थित बजार नपाउदा नेपाली आम किसान र उधोगीहरु दिनप्रतिदिन पेशाबाट बिस्थापित हुँदै जानेक्रम बढेसँगै घरखेत बेच्दै बिदेशिन बाध्य भईरहेका छन् । यो तितो यथार्थलाई बुझेर पनि सरकारी निकायहरु मुकर्दशक बनि बसि रहेका छन् ।
भारतबाट आयातित केरा, स्याउ, सुन्ताला, माछा, कुखुरा र तरकारीले बजार ध्वस्त पारिरहेको छ ।अलिअलि आत्मनिर्भर बन्न थालेको पोल्ट्री ब्यबसाय पनि सिमापारीबाट चोरीछिपी आउने चल्ला र प्याकेटमा आउने मासुको कारण बजार गुमाईरहेको छ ।
यसरी चोरीछिपी आउने मासु र चल्ला नियन्त्रणमा केही मात्रमा सुरक्षा निकायबाट केही सहयोग भएपनि राज्यका अन्य निकायहरुले खासै सहयोग नगरेको पोल्ट्री ब्यबसायीहरुको गुनासो छ । भ्याक्सीन, दानाको कच्चापदार्थ बेच्ने ब्यापारीहरुको मनलाग्दी मूल्य र खुल्लासिमाबाट आउने चल्ला साथै प्याकिङ्ग मासु नियन्त्रण गर्न नस्क्दासम्म पोल्ट्री ब्यबसायले स्थिरतापुर्बक बिकास गर्न नसक्ने स्वंय यस क्षेत्रका दिग्गजहरुको बिष्लेषण छ ।
यता, भारतबाट बर्सेनि दुई अर्ब रुपैयाँ भन्दा बढीको केरा आयात हुने गरेको केरा किसानहरुको भनाई छ । भारतमा बढी उत्पादन हुने बेला त्यहाँबाट केरा आउने कारण नेपाली उत्पादनले बजार पाउन्न र बारीमै सडाउनुपर्ने बाध्यता हुने किसानहरुको गुनासो छ ।
त्यस्तैं, भारतबाट आयात हुने गोलभेंडाका कारण नेपाली गोलभेंडा बिक्री नभई बारीमै सड्ने गरेको तनभई बारीमै सड्ने गरेको तथ्य केहीदिन अघि चितवनका किसानले नारायणगढको पुलचोकमा सडकमै गोलभेडा फालेको दृष्टान्त काफी छ । आयातित गोलभेंडाका कारण किसानका उत्पादित गोलभेंडा लगाएतका तरकारीहरु मूल्य नपाएर बजारसम्म आइपुग्न सकेको छैन ।
स्वदेशी तरकारीले उत्पादनअनुसारको लागत नपाएको भन्दै गत् शुक्रबार चितवनका किसानले नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध गरे । भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी उत्पादक किसान मारमा परेको भन्दै उनीहरूले गोलभेंडा, काउली, बन्दालगायत तरकारी फालेर आन्दोलन गरेका थिए ।
एकातिर किसानका उत्पादन बारीमै डम्प हुने र अर्कोतिर उपभोक्ताले भारत, चीनलगायत तेस्रो मुलुकबाट आयातित तरकारी÷फलफूल उपभोग गरिरहनुपर्ने बाध्यता वर्षौंदेखि छ । यो अवस्थाको अन्त्य नभएसम्म देश बन्न शुरुवात हुनैसक्दैन् ।
सरकारी तथ्यांकअनुसार बर्सेनि साढे ३ खर्ब रुपैयाँको कृषि उपज आयात हुँदा तरकारी र फलफूल मात्र झन्डै २८अर्ब रुपैयाँको आयात गरिन्छ । राष्ट्र बैंकका अनुसार गत् आर्थिक वर्ष ०७८÷७९ मा १६ अर्ब ९६ करोड रुपैयाँको तरकारी आयात भएको छ, जुन स्वदेशी उत्पादनलाई बिस्थापित गर्न काफि छ ।
देश बिकास नहुनु र दिनप्रतिदिन बिस्थापित बन्दै जानुमा हाम्रो आफ्नो उत्पादन खुम्चीदै जानु अर्थात कृषि लगाएतका उत्पादित बस्तुका सुब्यबस्थित बजार नहुनु नै हो । भारत लगाएत अन्य मुलुकहरुबाट सहज रुपमा आईरहेका बस्तुहरु बारे बिचार गर ।
जो हाम्रोमा उत्पादन हुनैसक्दैन तर अति आवश्यक छ त्यस्ता बस्तु बाहेक जो हामी आफैंले उत्पादन गर्न सक्छौं, गरिरहेका छौं, त्यस्ता बस्तुहरु आयातमा कडाई गर । सरकारलाई निती, बिधी निर्माण गर्न र एक्शनमा उत्रन दबाब दिन शसक्त आन्दोलनको खाँचो छ । अतः सबै तहका सरकार कृषि उपज लगाएतका स्वदेशी उत्पादनको उचित बजार ब्यबस्थापन गर ।