धादिङ १ मा गठबन्धनका उम्मेदवार राजेन्द्र पाण्डेको अग्रता कायमै

धादिङ/धादिङ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले अग्रता कायमै राख्नुभएको छ ।

पाण्डेले प्रतिस्पर्धी नेकपा एमालेका भूमि त्रिपाठीसँग १ हजार ६६५ मतान्तरमा अग्रता कायम गर्नु भएको हो ।

पाण्डेले १७ हजार २८९ मत प्राप्त गर्दा एमालेका त्रिपाठीले १५ हजार ६२४ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ७ हजार ५६८ मत प्राप्त गरेका छन् ।