गोरखा २ मा फराकिलो मतान्तरसहित प्रचण्डको जित निश्चित

गोरखा/गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लडेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरसहित जित्ने निश्चित भएको छ । अब यस क्षेत्रमा अब १२ हजार मत मात्रै गन्न बाँकी छ । अहिलेसम्म प्रचण्डले २१ हजार ७४ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ८ हजार ४ सय ६३ मत ल्याउँदा तेस्रो स्थानमा एमालेका अब्दुस मियालाई ५ हजार ६ सय ३७ मत आएको छ ।

दोस्रो स्थानमा रहेका बुर्लाकोटीसँग प्रचण्डको मतान्तर १२ हजार ६ सय ११ पुगेको छ । त्यसैले बाँकी मत जता गए पनि प्रचण्डको जित निश्चित भएको हो ।