करेन्ट लागरे शिवनगरमा छ वर्षीय बालकको मृत्यु

चितवन/करेन्ट लागरे चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १४ शिवनगरमा छ वर्षीय बालकको मृत्यु भएको छ । खाली खुट्टा आफ्नै घरमा रहेको स्वीच बोर्ड चलाइरहेका बेला स्थानीय प्रकाश पाठकका छ वर्षीय छोरा प्रसिद्ध पाठकको हिजो करेन्ट लागेर मृत्यु भएको हो । स्वीचको आधा भाग खाली रहेकाले करेन्ट लागेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भिर घाइते भएका उनलाई तत्काल उपचारका लागि भरतपुर अस्पताल ल्याइएपनि अस्पताल पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।