पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको जित

काठमाण्डौं नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेलमा जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालका लागि अन्जनले गोल गर्दै टिमलाई जित दिलाएका हुन् । अन्जनले खेलको ८२ औं मिनेटमा गोल गर्दै नेपाललाई १-० को जित दिलाए ।