देशभर थप १६ जनामा कोरोना संक्रमण

काठमाण्डौं/देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ८ सय ३७ जनामा गरिएको नमुना परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा कोरोना संक्रमणबाट १३ जना मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका सक्रिय संक्रमित ५६३ जना रहेका छन् ।