गायिका बबिता बानियाँ ‘जेरी’ र गायक शंकर क्षेत्रीको सम्बन्ध विच्छेद

काठमाण्डौं/गायिका बबिता बानियाँ ‘जेरी’ र उनका श्रीमान् गायक शंकर क्षेत्रीको सम्बन्ध विच्छेद भएको छ । सम्बन्ध विच्छेदका लागि दुबैले काठमाडौं जिल्ला अदालतमा केही अगाडि निवेदन दिएका थिए । बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर दुईले वैवाहिक सम्बन्ध आधिकारिक रुपमा टुङ्ग्याएको गायक तथा सञ्चारकर्मी कमल सरगमले जानकारी दिए ।

करिब ५ वर्षको प्रेमलाई विवाहमा परिणत गरेका उनीहरूको एक छोरी छिन् । छोरीको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ ।