गोरखामा ट्रक दुर्घटना: चालकको घटनास्थलमै मृत्यू

आरुघाट/गोरखामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यू भएको छ । जिल्लाको आरुघाट गाउँपालिका १ मान्बुको डुन्डुरेखोलामा गएराती ट्रक खस्दा चालक धादीङ जिल्ला गंगाजमुना गाउँपालिका ७ का ३३ वर्षिय मनोज श्रेष्ठको घटनास्थलमै मृत्यू भएको हो ।

बा ५ ख १२३१ नम्बरको स्वोराज मिनी ट्रक बुधवार राती सडकबाट करिब एक सय ५० मिटर तल खसेको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक सन्तबहादुर लामाले बताए ।

बालुवा बोकेर धुन्चेत जाँदै गरेको ट्रक दुर्घटना हुँदा सवारी धनी आरुघाट गाउँपालिका १ का ३५ वर्षिय राजकुमार गुरुङ, उनकी छोरी वर्ष ३ कि दिब्या गुरुङ घाईते भएका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र आरुघाटमा उपचार भईरहेको र अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र आरुघाटमा राखिएको छ ।

वर्षातले बाटो बिग्रिएको र रातीको समयमा जोखिम मोलेर यात्रा गरेकाले दुर्घटना भएको प्रहरीले जनाएको छ ।