पछिल्लो २४ घण्टामा ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं/नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ६ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

देशभर ७ हजार २२ आरटी पिसिआर र १ हजार ४०४ एन्टिजेन गरी कुल ८ हजार ४२६ जनामा परीक्षण गरिएकोमा ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ११ हजार ५७९ जना संक्रिय संक्रमित छन् ।

मन्त्रालयकाअनुसार बुधबार देशभरबाट ७५८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ८४ हजार १५५ पुगेको छ । निको हुने दर ९७.१ प्रतिशत छ ।

यस्तै पछिल्लो २४ घन्टाको अवधिमा १३ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३१८ पुगेको छ ।