नयाँ पत्रिकाका प्रधानसम्पादकद्धारा विभूषण अस्वीकार

काठमाण्डौँ/नयाँ पत्रिका दैनिकका प्रधान सम्पादक कृष्णज्वाला देवकोटाले सरकारले दिएको विभूषण अस्वीकार गर्न भएको छ ।

पदक वितरणमा प्रश्न उठाउँदै आउनु भएको सञ्चारकर्मीको नाताले नैतिक रुपमा पनि पदक स्वीकार गर्न नसकिने उहाँको भनाइ छ ।
उहाँले फेसबुकमा लेख्नु भएको छ, ‘पदक वितरण विवेकपूर्ण र पारदर्शी नभएको भन्दै निरन्तर प्रश्न उठाइरहेको सञ्चारकर्मीको नाताले आफै पदक स्वीकार गर्नु नैतिक हुने देखिनँ’।

उहाँँलाई सुप्रवल जनसेवाश्री पदक प्रदान गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिनुभएको छ।

त्यस्तै पत्रकार हरिबहादुर थापा, नारायण अमृत र कार्टुनिस्ट रविन सायमीले पनि पदक नलिने घोषणा गर्न भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदाे वैशाख १ गते विशेष समाराेहका साथ विभूषण, अलङ्कार र पदक वितरण गर्नुहुनेछ ।