मनसुन निस्क्रिय बन्दै

काठमाण्डौँ/मनसुन निस्क्रिय बन्दै गएको छ । मनसुनको न्यूनचापीय रेखा भारततर्फको मध्य भागमा रहेकाले तत्कालै मनसुनी प्रणाली बाहिरिने सम्भावना नभए पनि आउने तीन,चार दिनसम्म घाम लाग्ने र छिटफुट स्थानमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ।
भारतबाट मनसुनी चक्र बाहिरिएपछि मात्र नेपालबाट पनि मनसुन बाहिरिने मौनसुन बाहिरन अझै केही दिन लाग्ने बताइएको छ । भारी वर्षा हुने सम्भावना टरे पनि सामान्य वर्षाको सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 जल तथा मौसम विज्ञान विभागले यस वर्षदेखि मनसुनी अवधिको समय परिमार्जन गरेको छ । अन्य वर्षहरूमा सेक्टेम्वर २३ मा मनसुन बाहिरिने समय मान्दै आए पनि यस वर्षदेखि नौ दिनपछि धकेलेर अक्टोबर २ मा मात्र मनसुनी प्रणाली बाहिरिने औसत समय तोेकेको छ ।जुन १० मा मनसुन भित्रिने समय मानिए पनि यस वर्षदेखि तीन दिन पछि सारेर जुन १३ गतेलाई कायम गराएको विभागले जनाएको छ ।
विभागले प्रत्येक १०/१० वर्षको अवधिमा मनसुनी समयलाई परिमार्जन गर्ने गरेको जनाएको छ