चिनबाट सरकारले खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज आइपुग्दै

काठमाण्डौ/चीनबाट सरकारले खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले चीनसँग खरिद गरिएको उक्त खोप आज दिउँसो काठमाडौं आइपुग्ने र केही दिनमा फेरि खोप अभियान शुरु गरिने जानकारी दिनुभयो ।
सरकारले ६० लाख डोज खोप खरिद गरेकोमा यसअघि १६ लाख डोज नेपाल ल्याइसकिएको छ ।
खोप ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी विमान गए राति ११ बजे त्यसतर्फ प्रस्थान गरेको थियो। खोप आज दिउँसो २ बजे काठमाडौं आइपुग्ने निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताउनु भयो ।