चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

काठमाण्डौ/चीनबाट सरकारले खरिद गरेको थप ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ ।
आज शुक्रबार दिउँसो २ बजे नेपाल एयरलाइन्सको जहाज खोप लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।

निगमको वाइडबडी—३३० जहाज बिहीबार खोप लिन नेपालबाट बेइजिङ गएको थियो । सरकारले चीनबाट पछिल्लो समय खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये  यसअघि १६ लाख डोज नेपाल ल्याइसकिएको छ ।