तनहुँमा पनि २२ औ स्मृति दिवस मनाईयो ।

नेपाल कम्युनिष्ट पार्टी तनहुँले जनयुद्धका महान शहीदहरु क. सुरेश वाग्ले(वासु) र क. भीमसेन पोख्रेल (वैरागी)को सम्झनामा २२ औ स्मृति दिवस मनाईयो । नेकपा तनहुँका सचिव राजेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको स्मृति दिवसको प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य एवं तनहुँ जिल्लाका सहईन्चार्ज प्रतापलाल श्रेष्ठ रहनुभएको थियो ।
कार्यक्रमको वारेमा प्रदेश सदस्य अतिन्द्रकेशरी न्यापानेले जनयुद्धका महान शहीदहरु क सुरेश वाग्ले(वासु) र क. भीमसेन पोख्रेल(वैरागी)को राजनैतिक ईतिहासको वारेमा प्रकाश पार्न भएको थियो ।

नेपाल राष्ट्रिय शिक्षक संगठनको नेतृत्व गर्दे २०४८ ालमा तत्कालिन नेकपा(एकता केन्द) गोर्खाको सचिव समेत वन्नु भएको क सुरेश वाग्ले स्थानिय तहको निर्वाचनमा थोरै मतान्तरले पराजित हुनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य एवं तनहुँ जिल्लाका सहईन्चार्ज प्रतापलाल श्रेष्ठले पार्टी प्रति अविरल निष्ठाका साथ नेतृत्वको निर्णयलाई शिरोधार्य गर्दे देश र समाज परिवर्तनका लागी खेलेको भुमिकाले आजको परिवर्तन सम्भव भएको वताउनुभयो । वर्ग संघर्षका लागी जीवन नै समर्पण गरेका महान शहीदहरु क. सुरेश वाग्ले(वासु) र क. भीमसेन पोख्रेल(वैरागी) हरुलाई सधै राज्यले नै सम्मान गर्नुपर्ने वहाँले वताउनुभयो ।

प्रहरीको घेरामा परेर आत्मसर्मपण गरेमा वाँच्ने वताएपनि मुक्ति र वर्गसंघर्ष नै मुख्य आधार भएको वताउनुभएको महान शहीदहरु क. सुरेश वाग्ले(वासु) र क. भीमसेन पोख्रेल(वैरागी) लाई प्रहरीले राजनैतिक वन्दीको व्यवहार नगरी हत्या गरिनु तानाशाही प्रवृत्ति भएको वताउनुभयो ।
जिल्ला पार्टी कार्यलय तनहुँमा सम्पन्न भएको उक्त स्मृति कार्यक्रम जिल्लाका कार्यलय सदस्य श्रीप्रसाद श्रेष्ठले संचालन गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सदस्य शंकरनारायण श्रेष्ठ, व्यासनगर कमीटीका अध्यक्ष श्रीराम कार्की, प्रतिनिधीसभा सासंद कलिला खान लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । .