आईसोलेसनका विरामीलाई राष्ट्रिय युवा संघ द्धारा फलफुल तथा पानी हस्तान्तरण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्वद्ध राष्ट्रिय युवा संघ तनहुँद्धारा कोभिड–१९ का कारण उपचारका लागी आईसोलेशनमा रहनुभएको व्यक्तिहरुलाई फलफुल तथा पानी हस्तान्तरण गरेका छन् । राष्ट्रिय युवा संघ तनहुँको अध्यक्ष ईश्वर वस्यालको नेतृत्वले कोभिड १९ का कारण दुर्गा मन्दिर परिशरमा भएको आईशोलेन कक्षमा रहेका विरामीहरुलाई फलफुल, पानी र केरा सहयोग गरेको हो ।
जनयुद्धका महान शहीदहरु क. सुरेश वाग्ले(वासु) र क भीमसेन पोख्रेल (वैरागी)को २२ औ स्मृति दिवसका अवसर पारेर फलफुल तथा खानेपानी सहयोग गरिएको अध्यक्ष ईश्वर वस्यालले जानकारी दिनुभयो । शहीदहरुको सम्मान मा कोभिडका कारण आईसोलेशनमा वसेका संक्रमितहरुको मनोवल उच्च वनाउनका लागी समाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सहयोग गरिएको राष्ट्रिय युवा संघ का केन्द्रिय सदस्य कमल ग्रैहे र सरन सापकोटाले जानकारी दिनुभयो । राष्ट्रिय युवा संघ आम जनताका हरेक समस्यामा साथ र सहयोग गर्न तत्पर रहेको छ, केन्द्रिय सदस्य कमल ग्रैहेले भने ।
सो अवसरमा २० कार्टुन पानी, १० दर्जन, केरा, १२ केजी स्याउ अध्यक्ष ईश्वर वस्यालले स्वास्थ्यकर्मीहरु शुनिता दरै र शुशिला खनाललाई हस्तान्तरण गर्नुभयो । कोभिड १९ का संक्रमितलाई युवा संघद्धारा गरिएको सहयोगले स्वास्थ्यमा सहयोग पुग्ने स्वास्थ्यकर्मी शुशिला खनालले जानकारी दिनुभयो । सो कार्यक्रममा नेकपा तनहुँका कार्यलय सदस्य श्रीप्रसाद श्रेष्ठ, अतिन्द्रकेशरी न्यौपाने लगायत नेताहरुको उपस्थिती रहेको थियो ।