लकडाउन भुत्ते हतियार हो, अन्त्य गरौँ

यत्रो नोक्सान भइसक्यो के अव लकडाउन पुगेन रु शिक्षा, स्वास्थ्य, अर्थ, उद्योग, बाणिज्य, सामाजिक रितिरिवाज, संस्कृति, व्यावसाय, ब्यक्तित्व विकास, पर्यटन, मनोरञ्जनलगायत सारा क्षेत्र चौपट भइसक्यो, न्युन आयवाला मानिस भोकभोकै परेर रुवासी गर्न थालिसके अझै लकडाउन गर्न किन नपुगेको रु तर प्रश्न गर्नेहरु नै लकडाउन खोल्न व्यवहारिक रुपमा तयार भएको देखिदैन, बरु लकडाउन बढाउँदै लैजान उक्साइरहेका छन् ।
राजधानी उपत्यका लगायत मुलुकका विभिन्न भागमा खण्ड खण्ड गरी लकडाउन गरिएको छ । अव काठमाडौ उपत्यकाका प्रजिअरुले त दशैँसम्म लकडाउन लम्ब्याउने र उपत्यकाको सीमा नाकामा सेनासमेत राख्ने प्रस्ताव गरेर राजधानीवासी र यहाँ आउन चाहने सवैलाई निरास पारेका छन् ।

के लकडाउन नै कोरोना रोक्ने प्रमुख अस्त्र हो त रु विश्व स्वास्थ्य संगठनका महासचिव टेडरोस अदानामेले गत शुक्रवारको प्रेस व्रिफिङमा भनेका थिए ‘लकडाउन भुत्ते हतियार हो जसले कतिपय मुलुकमा ठूलो आर्थिक क्षति पुर्याइरहेको छ । कोरोना नियन्त्रणका लागि पहिले नै राम्रो योजना बनायो भने यस्ता लकडाउन गर्नुपर्ने स्थिति नै आउँदैन ।’
पाकिस्तानले केही हप्ता मात्र लकडाउन गरेर खुला गर्यो, त्यहाँ कोरोना संक्रमितको संख्या घट्दै गएको छ । तर नेपालमा लकडाउनलाई निषेधाज्ञा गर्दै झन कडा पार्दै लगिएको छ तै पनि संक्रमित हुनेहरुको संख्या बढिरहेको छ, किन रु किन कि यसमा सवै जनताको साथ सहयोग भएन । जनस्वास्थ्यका मापदण्डहरु पालनामा जनताबाटै हेलचेक्राईँ भयो । यस्तै हेलचेक्राईँ र अटेरी गर्ने अमेरिका, भारत र ब्राजिलमा कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेको छ ।
धेरै अमेरिकीहरुले अहिले मास्क लगाउने र दुई मिटर भौतिक दुरी कायम गर्ने बानी छोडेर पुरानै जीवनशैली अपनाउन थालेकाले अव त्यहाँ कोरोनाका कारण हुने मृत्युदर झन बढ्ने आंकलन गरिएको छ । जनस्वास्थ्यविद्हरुले अब त्यहाँ कोरोना संक्रमण बढ्दै गई अगामी जनवरी महिनासम्ममा प्रत्येक दिन ३ हजारसम्म मानिसको मृत्यु हुने र मृतकको संख्या हालको संख्या भन्दा दोब्बर भई ४ लाख १० हजारसम्म पुग्ने अनुमान गरेका छन् । यस अघि यो अनुमानित संख्या करिव एक लाख नै कम रहेको थियो ।
नेपालमा पनि सरकारले अख्तियार गरिरहेको नीति र जनताको अटेरीपनले कोरोना संक्रमणको जोखिम लकडाउन र र निषेज्ञाधा जारीरहे पनि घट्नुको संख्या बढ्दै गएको छ ।
अहिले काठमाडौका ठूला सडकहरु सुनसान पारिएको छ । के सडकमा सवारी साधन चलाउँदा कोरोना सर्छ रु एउटै सवारी साधनामा धेरै मानिस कोचिएर बसेको अवस्थामा बाहेक ठूला सडकमा सवारी प्रयोग गर्दा वा मास्क लगाएर भौतिक दूरी कायम गर्दै हिड्ने हो भने यस्ता सडक सवैभन्दा कम जोखिमयुक्त स्थान हुन् । ठूला सडकहरुमा मानिसले मास्क लगाएर विहान, साँझ वाक गर्दा पनि कोरोना सर्छ र रु यी पनि अति कम जोखिमयुक्त स्थान हुन् । तर प्रशासनले डण्ठा लगाएर खेदेको छ, घरभित्र थुनेर अझ बढी जोखिममा पारिरहेको छ ।
यसअघि करिव चार महिना लकडाउन गर्दा घरहरु सुरक्षित थिए तर अव छैनन् । किनकि बीचमा केही हप्ता लकडाउन खोल्दा धेरैतिरका मानिस जम्मा भए, विहार र उत्तरप्रदेशदेखिका संक्रमित प्रवासी र आप्रवासीहरु राजधानी छिरे । जिल्ला जिल्लाका मानिसहरुलाई पनि विनापरीक्षण निर्वाध उपत्यका प्रवेश दिदा राजधानीका टोलटोलमा संक्रमित पुगे ।
आज निषेधाज्ञाकाबीच उनीहरु घरका छत, आँगन, चोक र भित्रि गल्लीहरुमा मास्कविना थुप्रिएर अरुलाई पनि संक्रमित गरिरहेका छन् । यस्ता ठाउँमा बस्नेहरुले मास्क लगाइहाले पनि धेरैले चिउँडे मास्क, तालु मास्क, नाडी मास्क, एक काने मास्क, नाक देखिने थुतुने मास्क लगाएर उच्च जोखिमको स्थिति सिर्जना गरिरहेका छन् । यस्तो स्थानमा डण्डा हान्ने प्रहरी हुँदैन । ठूला सडकमा चक्रब्युह रचेर कर्मचारीको परिचयपत्र चेक गरिरहेछ निरीह प्रहरी । के कोरोना मुल सडकमा दौडिने मानिसहरुलाई नै लाग्ने हो रु
मलका लागि लागेको लामो लाइन, बृद्ध भत्ताका लागि जम्मा भएका मानिसहरु, प्रहरी र सेनाका समूहहरुले पनि जनस्वास्थ्यका मादण्ड पूर्ण पालना गरेको देखिएन । करिव चार घण्टा खुल्ने राजधानीका पसलहरुमा हाहाकार नै मच्चिएला जस्तो गरेर भिड लाग्ने गरेको छ । यहाँ पनि सवै दोकानदार र ग्राहकहरुले जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गरेको देखिदैन । यस्ता पसलहरु बरु दिनभरि खोलेका बेला यस्तो भिड देखिदैनथ्यो ।
निषेधाज्ञाकैबीच जबर्जस्ती रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका १६ जना मध्ये ६ जना र त्यहाँ उपस्थित मध्ये १८ जना प्रहरीलाई पनि कोरोना पोजिटिभ भएको जानकारी प्रकाशमा आएको छ । त्यसअवधिमा उनीहरुले कतिलाई सारे भन्न सकिने स्थिति नै छैन ।
हालको लकडाउनले अन्य आर्थिक र व्यावसायिक गतिविधिका अतिरिक्त मानिसको शारीरिक गतिविधिलाई पनि अविवेकपूर्ण तरिकाले निरुत्साहित गरेको छ । यसका कारण नसर्ने खालका अन्य रोगको जोखिम बढाइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण मानिसको शारीरिक गतिविधिमा भएको कमीले गर्दा विश्वभरिका मानिसमा नसर्ने खालका रोगहरु र त्यसका रिस्क फ्याक्टरहरुको जोखिम बृद्धि भइरहेको छ तर नसर्ने खालका रोगहरु र तीनका जोखिम तत्वहरुलाई सम्बोधन गर्ने कार्य छायामा परिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार मोटा मानिसहरुलाई जटिल खालको कोभिड १९ हुने सम्भावना ७ गुणासम्म बढी हुनसक्ने पाइएको छ । शारीरिक गतिविधिलाई नियन्त्रण गर्ने र अन्य रोगको उपचारका लागि व्यवधान खडा गर्ने लामो लकडाउनका कारण कति मानिसहरुको स्वास्थ्य झन जोखिममा परिरहेको छ लेखाजोखा कतैबाट भइरहेको देखिन्न ।
अमेरिकामा भएको एक अध्ययनअनुसार कोभिड १९ जाडोमा धेरै समय बाँच्न सक्छ । चिसो बढ्दै जाँदा यो भाइरस बाहिरका सतहमा धेरै समय बाँच्नसक्छ । चिसो बातावरणमा कपडा, ढोका, धारा, भरयांका डण्डी, चस्मा, फोन, क्यामेरामा यो भाइरस धेरैवेर जीवित रहेर अरुमा सर्नसक्ने हुन्छ । यस अनुसार भन्ने हो भने पनि नेपालमा जाडो मौसम सुरु हुने लागेकाले कोरोनाको संक्रमणको जोखिम घट्ने भन्दा बढ्ने नै स्थिति रहेको छ ।
अर्कोतिर विश्वका विभिन्न मुलुकले कोभिड १९ विरुद्धको खोप तयार गरिसकेको दावी गरिरहे पनि विश्व स्वास्थ्य संगठनले अहिलेसम्म परीक्षणको अन्तिम चरणमा पुगेको भनिएका खोपहरु ५० प्रतिशत पनि प्रभावकारी नदेखिएको बताएको छ । त्यसमा पनि ठूलो समूहमा गरिने र नतिजाका लागि लामो समय लाग्ने अन्तिम चरणको परीक्षण बाँकि नै रहेकोले निकट भविष्यमा हाम्रो जस्तो मुलुकले यो खोप सहजै पाउन सक्ने स्थिति छैन । यस्तो परिस्थितिमा लकडाउनको नाटक लम्ब्याउँदै जानुभन्दा जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्दै गराउँदै पश्चिमाहरुले अपनाउन थालेको ‘न्यु नर्मल लाईफ’ जिउनुनै श्रेयस्कर हुन्छ ।
यसका लागि ठूला सडक बन्द गर्न प्रहरी तैनाथ गर्ने र माइतीघरमा माइकिङ गरेर जनचेतना बृद्धि गर्ने स्वाङ कुनै पनि हालतमा उपलब्धीमूलक हुँदैन । बरु चोकचोक, टोलटोल, भित्री गल्लीहरुमा प्रहरी, जनस्वास्थ्यकर्मी मात्र होइन पार्टीका कार्यकर्ताहरुलाई समेत स्वयं सेवकका रुपमा परिचालन गरेर जनस्वास्थ्यका मापदण्ड अपनाउन प्रोत्साहित गर्नु बढी व्यवहारिक हुन्छ । यस्तो गर्दा पनि अटेरी गर्नेहरुलाई ठाउँका ठाउँ कारबाहि गर्ने रणनीति नै बरु दीगो हुनसक्छ ।
वास्तवमा लकडाउन बढाउदै लाने कार्यको सरकारले त घोषण गरेको मात्र हो निम्तो त हामी जनसाधारणले नै दिएको भन्दा पनि हुन्छ । सही तरिकाले मास्क लगाउने, दुई मिटर दुरी कायम गरेर बस्ने, भिडभाडमा जाँदै नजाने, भेला र बैठक सकेसम्म अनलाइनबाटै गर्ने, भेट्नै परे खुला स्थानमा सानो समूह मात्र बस्ने र तोकिएको भौतिक दुरी कायम गर्ने बेलाबेलामा साबुन पानी वा स्यानिटाइजरले हात सफा गरिरहने गर्दा रोग संक्रमणको दर घटेर जानसक्छ । यस्तो भयो भने मुलुकलाई संकटमा पार्ने लकडाउन वा निषेधाज्ञाको आवश्यकता पर्ने त कुरै हुँदैन । अस्पतालमा बेड, आइसियु वा भेन्टिलेटर बेड नपाइएला कि भनेर चिन्ता पनि गर्नुपर्दैन । हाम्रा व्यावसायहरु, स्कुल, कलेज, मल र रेष्टुराँ लगायत मनोरञ्जनयुक्त स्थलहरु पनि खुल्दै जानेछन् । हामीले खोप कहिले आउला भनेर चिन्ता लिनुपनि पर्ने छैन ।
अत जनस्वास्थ्यका मापदण्ड कडाइका साथ लागू गरेर यो मोडलको लकडाउन अन्त्य गर्न आवश्यक छ । बढी जोखिमयुक्त स्थानहरु मन्दिर, मस्जित, जिमखाना, डास्नबार, रेष्टुराँ, कभर्ड हल, मल, सिनेमाहल, स्कुल, कलेज, ट्युसन सेन्टरहरु हाल खोल्न नसकिएला तर कम जोखिमयुक्त गतिविधि गर्न सधैँ रोक लगाइरहन उचित होइन । किन पनि भने कोरोना कहिलेसम्म रहीरहन्छ भन्ने कुराको आंकलन अहिले कसैले गर्न सकेको छैन । आजको नेपाल समाचारपत्रबाट