मुग्लिन नारायणगढ सडक खण्डमा फेरि पहिरो जाँदा सडक अवरुद्ध।

मुग्लिन, ६ साउन/मुग्लिन नारायणगढ सडक खण्डको भरतपुर २९ स्थित सत्रकिलोमा पहिरो खसेको छ।
अहिले बेलुका करिब ८:४५ बजेतिर सत्रकिलोको लामु बालुवा पुल नजिकै पहिरो खसेको हो। पहिरोका कारण नारायणगढ-मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। प्रहरीका अनुसार अवरुद्ध राजमार्ग तत्काल खोल्ने सम्भाबना छैन।
मुग्लिन नारायणगढ सडक खण्ड्को चार किलो डाडामा हिजो बिहान पहिरो जादा अवरुद्ध सडक आज दिउँसो ४:३० बजे देखि एकतर्फी सुचारु भएको थियो।