निकुञ्ज प्रशासनको ज्यादती प्रति आपत्ति : जिसस चितवन

भरतपुर/माडी नगरपालीका वडा नं– ९ कुसुमखोलामा रहेको सुकुम्बासी चेपाङ्ग समुदायका
घरहरुमा साउन ४ गते चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगजनी गर्नुका साथै हात्ती
लगाएर घरहरु भत्काएकोमा जिल्ला समन्वय समिति चितवने यस घटनाको घोर भत्र्सना
गरेको छ । जिसस चितवन प्रमुख कृष्णकुमार डल्लाकोटीले सोमबार एक विज्ञप्ती जारी
गरी निकुञ्ज प्रशासनबाट सीमान्तकृत सुकुम्वासी चेपाङ समुदाय लक्षित निकृष्ट र अमानवीय
कार्य भएको भन्दै आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
लामो समयदेखि बस्दै आएको सुकुम्बासी वस्तीमा उपर्युक्त अर्को विकल्प विनै हस्तक्षेप
गर्ने निकुञ्ज प्रशासनको निन्दनीय कार्यप्रति खेद व्यक्त गर्दै घरबार विहीन
बनार्ईएका ती सुकुम्बासी चेपाङ्गहरुको उचित व्यवस्थापन र क्षतीपूर्तीको लागी
सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
‘वि.सं. २०५३ सालबाट सो ठाउँमा बस्दै आएका सुकुम्बासी चेपाङ्गहरुलाई
बसोवास गरी आएको स्थानबाट हटाउन स्थानीय सरकार वा सरोकारवाला कुनै पनि
निकायसँग समन्वय नगरी वर्षात्को समयमा अमानवीयतापूर्वक उनीहरुको लत्ताकपडा,
महत्वपूर्ण कागजात तथा निमेक गरेर कमाएको रकम तथा अन्नपात समेत पूर्णरुपमा नष्ट
हुनेगरी २ वटा घरमा आगो लगाउने तथा ८ वटा घरहरु हात्ती लगाएर भत्काउने जस्तो
निकृष्ट र अमानवीय कार्य भएको छ, विज्ञप्तीमा उल्लेख छ ।