युवा संघ नेपाल तनहुँद्धारा पहिरो पिडितलाई आर्थिक सहयोग

वि वि श्रेष्ठ/तनहुँ, रिसिङ्ग–८, पल्टयाङ्ग/नेपाल कम्युनिष्ठ पार्टी नेकपा सम्वद्ध युवा संघ नेपाल तनहुँद्धारा पहिरो पिडितलाई आर्थिक सहयोग गरेको छ । अविरल परेको पानीका कारण रिसिङ्ग गाँउपालिका वडा नं ८ पल्टयाङ्गमा गएको पहिरोले २ छोरा, २ वुहारी र १ नाति समेत गरि ५ जना परिवार गुमाई घाईते भई हाल गण्डकी मेडिकल कलेज पोखरामा उपचार गराईरहेको ज्योतिमाया थापालाई आर्थिक सहयोग गरेको युवा संघ नेपाल तनहुँका संयोजक ईश्वर वश्यालले जानकारी दिनुभयो ।

प्राकृतिक विपत्ती ले देश नै आक्रान्त भईरहेको सन्र्दभमा तनहुँमा पनि वाढी पहिरोले प्रत्यक्ष प्रभाव पारेको सन्र्दभमा मानवियतालाई नै मुल मन्त्र मानेर युवा संघ नेपाल तनहुँले जिल्लाको विभिन्न भागमा भएको वाढी पहिरो पिडितलाई सहयोग गर्दे आएको संयोजक वश्यालले वताउनुभयो । विपत्ती आफैमा सह्यै हुदैन, यो वेलामा एकले अर्कालाई सहयोग गर्नु नै सवैभन्दा ठुलो सहयोग हो । यो वेलामा युवा संघ नेपाल तनहुँले पुर्ण रुपमा सहयोग गर्नेछ ।

आर्थिक सहयोग भन्दा पनि भावनात्मक सहयोग ठुलो हो । वर्षाको याममा वाढी पहिरोको अत्याधिक जोखिम हुने हुदाँ आवश्यक सर्तकता अपनाउन समेत युवा संघ नेपाल तनहुँ अनुरोध गर्दछ । सावधानी अपनाउन सकेमा संभावित दुर्घटनालाई न्युनिकरण गर्न सकिने हुदाँ सावधानी अपनाउनु नै महत्वपुर्ण हुन्छ, संयोजक वस्यालले भने ।

घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचारत ज्योतिमाया थापाको स्वास्थ्य स्थितीको वारेमा चिकित्सक सँग जानकारी लिई स्वास्थ्यलाभको कामना गर्नका लागी युवासंघ नेपाल तनहुँको संयोजक, जिल्ला सदस्य अनिल तिवारी र नेकपा जिल्ला कमिटी तनहुँका कार्यलय सदस्य मदन आले समेतको सहभागिता रहेको थियो ।