नेकपाको दीर्घकालिन निकास : दोश्रो पुस्ता हस्तान्तरण

शासन व्यवस्था आफैमा साध्य होईन, साधन मात्र हो । जुन कुरा पुष्टि समेत भईसकेको छ । यो सिद्धान्त सवैमा लागु हुन्छ, नेपालको सन्र्दभमा पनि लागु भईसकेको छ । राजनिती आफैमा पुर्ण हुदैन । नितीको प्रधान राजनिती हो, तर यसको सफल कार्यन्वयनले मात्र राजनितीको वास्तविक अर्थ पुरा हुन्छ । लामो राजनैतिक आन्दोलन र त्यसले प्राप्त गरेको संघिय गणतन्त्रमा हामी प्रवेश गरिरहदाँ जनता सामु प्रश्न चिन्ह खडा भएको छ त्यो हो, शासन व्यवस्थाले मात्र आम जनताको परिवर्तन गराउन सक्दछ र ? राजनैतिक नेतृत्वलाई यो विषय समान्य भएता पनि आम नागरिकलाई भने पेचिलो प्रश्न खडा गरेको छ ।
एउटा जंगलमा दुई शेर वस्न सक्दैन भनेझै भएको छ नेकपामा अहिले । त्यहि आत्माघाती सोच नै नेकपाका लागी घातक वनिदियो । नेकपाको स्थायी कमिटी वैठक देशमा भएको कोरोना नियन्त्रणका लागी छलफल हुन सकेन, देशको राष्ट्रियता वनेन, जनजीविकाको सवाल वनेन, वन्यो त केवल सत्ता र शक्तिका लागी विवाद । जनता र राष्ट्रिय तथा अन्र्तराष्टिय स्तरमा चासोको विषय वनेको नेकपाको स्थायी कमिटीको वैठक कुर्चिमा समानता र शक्ति आर्जनका लागी युद्ध गर्ने मैदान वनिदियो । नेकपाका नेताहरुको यहि खुद्रै रवैयाले आम जनतामा कस्तो प्रभाव पारयो होला, नेकपाका नेतागणहरुले कदापी सोच्न सकेको पाईदैन । आम जनता के चाहन्छन, हैन, नेता के चाहन्छ भन्ने पुष्टि गरिदियो । देश र जनताको आवश्यकता के हो, आफुलाई कथित राष्टवादी सोच्ने नेतागणले कदापी सोच्न सकेन, सोच त रहयो केवल आफनो भुमिका कहाँ ? यहि नेतृत्व र नेताको सोचमा हामी हुकाँर पिट्दै देवत्वकरणमा लिप्त वनिरहेका छौ ।
नेकपा भित्रको अवको निकास के ? अव यो भन्दा वाहिर गएर सोच्ने हो भने देशले कहिल्यै स्थायित्व प्राप्त गर्न सक्दैन । लामो समयसम्म आन्दोलन र जेलनेल भोगेका नेताहरु सधै सत्ता र शक्तिको चंगुलमा फस्दा देश सधै वन्धक वनिदियो । यहि फेरिफेरिमा नै अव नेकपाको वैठक केन्द्रित हुन जरुरी हुन आउँछ । ईतिहासमा नेताहरुले गरेको योगदान विगतमा नेताहरुले पटक पटक अवसर र राजकिय सत्ता र शक्ति लिएर लिईसकेका छन् । अवसर पनि सदैव प्राप्त गर्ने वस्तु होईन । योगदानको कदर स्वरुप नेकपा भित्रका पहिलो पुस्ताका नेताहरु पटक पटक पार्टी अध्यक्ष र प्रधानमन्त्री वनिसकेका छन् । त्यहि नै अवको पहिलो पुस्तालाई न्याय हो । योगदानको उचित मुल्यांकन हुनुपर्दछ, तर त्यसो भन्दैमा काल नआउदाँ सम्म पदमा रम्नेलाई मात्र न्याय सम्झने हो भने त्यो देश र जनताका लागी धोका शिवाय केहि हुन सक्दैन । त्यो लोकतन्त्र कदापी हुन सक्दैन ।
स्थापनाकाल देखि नै पार्टी अध्यक्षमा रहेको प्रचण्ड, लामो समयसम्म पार्टीको नेतृत्व गरेको माधव नेपाल, झलनाथ खनाल, वर्तमान अध्यक्ष ओली राज्यसत्तामा वसेर देश संचालन गरिसकेका छन् । अझै पनि यिनीहरु एकअर्काको त्यागको आशा गर्नु भनेको आफुमात्र सर्वेसर्वा भन्ने सोच शिवाय अन्य होईन । यहि सोचका वीचमा भएको नेकपाको अन्तरकलहको दीर्घकालिन समाधान भनेको अव यी नेताहरुले अभिभावक वनेर दोश्रो पुस्तामा नेतृत्व र पार्टी हस्तान्तरण र्ने अवको समाधान हो । नत्र त्याग र योगदानका नाममा सधै आफु मात्र सवल सोच्ने हो भने अहिले ओलीको राजीनामाले केहि समयका लागी राहत दिएता पनि यो दीर्घकालिन समाधान हुन सक्दैन । किनकी जव एकले अर्काको अस्तित्व स्वीकार गर्न सक्दैन, सत्ता र शक्तिका लागी लडाई भई रहन्छ । नेकपा भित्रको अवको समस्या समाधान गर्नु भनेको युवा पुस्तामा नेतृत्व र सरकारको हस्तान्तरण नै हो । नत्र ओलीको ठाँउमा प्रचण्ड अथवा माधव नेपाल अध्यक्ष वा प्रधानमन्त्री वन्दैमा निकास हुन्छ भन्ने सोच्नु भनेको आफै नै सर्वेसर्वा हो भन्ने मिथ्या सोच शिवाय अन्य केहि हुदैन ।
योगदान, त्याग र अनुभवलाई शेयर गर्दे अव ओली, माधव, प्रचण्ड र झलनाथ अव अभिभावक वन्नुको विकल्प छैन । किनकी यिनीहरुको उपादेयिता सकिसकेको छ । अव पनि पद र शक्ति मा आसिन हुन्छ भन्नु देश र जनतालाई वन्धक वनाउनु शिवाय अन्य केहि हुदैन । किनकी यी व्यक्तिहरु पटक पटक जनताको सामु जोखिईसकेका छन् र यिनीहरुको योग्यता, क्षमता र कार्यकुशलता जनताले नजिकवाट नियाली सकेका छन् । लोकतन्त्रमा व्यक्ति होईन, पार्टी सर्वेसर्वा हुन्छ, पार्टीको निर्णय नै मान्य हुनुपर्दछ । तर वहुमत र अल्पमतका नाममा कोही व्यक्ति हावी हुनु खोज्नु भनेको अव उसको अस्तित्व समाप्त हुदैछ भन्नु हो । अत वहुमत देश र जनताका लागी हुनुपर्नेमा नेपालको राजनितीमा शक्ति र सत्ताका लागी वनिदियो । यो भन्दा अभिसाप अरु के हुन सक्दछ । जीवनका लागी सिद्धान्त हुनपर्नेमा शक्ति र सत्ताका लागी विधि, विधान को परिभाषा, यो भन्दा जनताका लागी धोका के हुन सक्दछ ?
सिद्धान्त र वैचारिक विषयमा समानता तर के का लागी अन्तरकलह ? पार्टीको विचार र सिद्धान्तमा छलफल गरौ । पार्टीको मार्गदर्शन तय गरौ, कार्यतालिका तय गरौ र महाधिवेशन वाट नयाँ नेतृत्वको चयन गरौ, त्यहि नेतृत्वले नै नेकपाका सवै समस्यालाई समाधान गर्न सक्दछ । नत्र ओलीको स्थानमा माधव नेपाल अथवा प्रचण्ड स्थानान्तरण हुदैमा नेकपाको विवाद समाधान होईन, झन वढ्नेमा शंका छैन । अत अहिले ओलीलाई हटाएर राज गर्ने कसैले सोचेका छन् भने त्यो त्यसको दिवासपना शिवाय अन्य केहि हुदैन । प्रधानमन्त्री र अध्यक्ष वाट जर्वजस्ती हट्नु परेपछि ओलीले के माधव वा प्रचण्डलाई सजिलै काम गर्न देलान र ? ओलीले त्यसको वदला लिन पद र कुर्चि छाडेको भोलिपल्ट देखि नै हिसाव किताव गर्ने थाल्नेछ । ओलीको त्यो हिसाव कितावले माधव, झलनाथ र प्रचण्डको राजनितीक जीवनमा साह्रै महंङ्गो पर्न सक्छ ।
अतः नेकपा देश र जनताका लागी काम गर्ने पार्टी हो भनेर जनजनमा वस्नका लागी अवको विकल्प भनेको ओली, माधव, प्रचण्ड र झलनाथ कार्यकारी पदमा नवसि पार्टीको सल्लाहाकार र अभिभावक वनेर दोश्रो पुस्तामा पार्टी र र सरकारको नेतृत्व हस्तान्तरण नै अहिलेको आवश्यकता हो । यो सव वुझेर पनि वुझने प्रयत्न नगरि सत्ता र शक्तिमा ध्यान केन्द्रित गर्ने हो भने जनताले सधै काँध थाप्न सक्दैन । त्यो थाप्न नसकेको जनताको काँध वाट पछारिएको नेताहरु कहिल्यै उठ्न सक्दैन । अत केहि समयसम्म ओलीको निरन्तरता र महाधिवेशन अथवा सहमतिवाट नै दोश्रो पुस्तामा नेतृत्व हस्तान्तरण नै नेकपाका लागी दीर्घकालिन समाधान हुन सक्दछ । के पहिलो पुस्ताले देश र जनताका लागी यो त्याग गर्न सक्लान् ? देश र जनताप्रतिको जिम्मेवारिता अव देखाउने वेला भएको छ ।