मास्क नलगाई घरबाहिर ननिस्कन चितवन प्रशासनको निर्देशन, निस्किए प्रहरीले पक्राउ गर्ने ।

चितवन/जिल्ला प्रशासन कार्यालय चितवनले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न सूचना जारी गरेको छ । मास्क नलगाई घरबाहिर निस्कनेलाई अबदेखि चितवन प्रहरीले पक्राउ गर्ने भएको हो ।
अबदेखि मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकिय अधिकृत इश्वर सिंखडाले बताए ।

जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गर्नु पर्ने चितवन प्रशासनले जारी गरेको सूचनामा जनाईएको छ ।