व्यवसायीको हकहितका लागी सद्भाव ¥याली

वि वि श्रेष्ठ/दमौली, तनहुँ/दमौलीका व्यवसायीहरुले तनहुँको सदरमुकाम दमौलीमा सामाजिक दुरी कायम गरि शान्तिपुर्ण सद्भाव ¥याली गरेको छ । उद्योग वाणिज्य संघ दमौली वजार ईकाई समितीको आयोजनामा व्यवसायीहरुले कोरोनाका कारण व्यवसाय चौपट परेको हुदाँ राज्यवाट दिईने कर, घरवहाल कर, शुन्य समय मानेर वैक व्याज, किस्ता र अन्य करहरु मिनाहा गर्नुपर्ने मागसहित प्लेकार्ड वोकेर प्रर्दशन गरेका हुन् ।
सदरमुकाम दमौली वजारमा आयोजना गरिएको उक्त कार्यक्रममा व्यवसायीहरुले वजार परिक्रमा गरि अनसन चौतारीमा गएर कोणसभामा परिणत भएको थियो । सद्भाव रयालीलाई सम्वोधन गर्दे तनहुँ उद्योग वाणिज्य संघ दमौली वजार ईकाईको समितीको अध्यक्ष राजकुमार श्रेष्ठ राकुले अहिलेको अवस्थामा सवैभन्दा चोट व्यवसायीहरुलाई परेको वताए । देशको अर्थतन्त्र नै व्यवसायमा निर्भर रहने हुदाँ व्यवसाय नै ठप्प भईदिदाँ व्यवसायीहरु पलायन हुन पर्ने अवस्था आएको वताए । यति धेरै व्यवसाय धरासायी हुदाँ सरकार र वैक वित्तिय संस्थाहरुले व्यवसायीहरुको उत्थानका लागी छुट र विभिन्न करहरु मिनाहा गर्नुपर्दछ । यो समयमा सम्वन्धित निकायले व्यवसायीलाई सहयोग गर्नुपर्दछ । सरकारले यस अवधिमा लिने विभिन्न करहरुमा छुट दिनुपर्दछ, यो शुन्य समय हो, त्यसलाई त्यहि रुपमा हेरिनुपर्दछ, वैक तथा वित्तिय संस्थाले व्याज र किस्तामा छुट दिनुपर्दछ, त्यसले मात्र व्यवसायीलाई न्याय मिल्दछ, घरभाडामा दिने व्यक्तिहरुले व्यवसायीहरुलाई लकडाउनको अवधिको घरभाडा छुट दिनुपर्दछ, अध्यक्ष राकु श्रेष्ठले भन्नुभयो ।
व्यवसायी व्यवसायी एक हौ । लकडाउन अवधिको वैक व्याज मिनाहा गर, लकडाउनलाई शुन्य समय अवधि मानी व्यवसायी कर निती लागु गर, सम्पुर्ण व्यवसायी सुरक्षित वनौ, व्यवसायीक एकता कायम राखौ, जस्ता प्लेकार्ड वोकेर व्यसायीहरुले सद्भाव ¥याली गरेका थिए ।